पुर्वाधार विकास कार्यालय सर्लाहीका योजनाहरु कमिसनमा वितरण,कार्यालय प्रमुख यादव कमिसन असुलीमा लिप्त

471 Shares

सर्लाहीको मलंगवा नगरपालिका २ का वडा अध्यक्षले आफुखुसी वडामा तीनजना कर्मचारी नियुक्त गरेका छन्।मलंगवा नगरपालिका २ का वडा अध्यक्ष धिरेन्द्र साहले आफुखुसी वडा कार्यालयमा कार्यलय सहयोगीमा आफ्नै दाजु अरुण कुमार साह,अर्का रमेश साह र उपेन्द्र साह(छोटु)गरी तीन जनालाई कुनै प्रक्रिया नपुर्याई आफुखुसी नियुक्त गरेका पाइएको छ । मलंगवा नगरपालिका २ का वडा सदस्यहरु महेन्द्र राय र बलराम राय तथा वडा सचिव राम प्रवेश यादवलाई समेत जानकारी नदिई अध्यक्ष साहले आफुखुसी आफ्ना दाजु अरुण सहित अरु दुई जनालाई नियुक्त गरेका पाइएको छ ।
भारतमा विवाह गरेर गएकी रन्जु साहलाई समेत निर्माण उपभोक्ता समितिको कोषाध्यक्षमा राखेका वडा अध्यक्ष साहले वडा भित्रका विकास निर्माणका कामहरु गर्दा बनाउने उपभोक्ता समितिहरुमा समेत आफुखुसी गोप्य रुपमा बनाउने गरेका पाइएको छ।पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीबाट करिब रु छ करोड रकम ल्याएर वडा भित्रको नाला निर्माण तथा सडक स्तरोउन्नती र मठ मन्दीरहरु बनाउन थालेका वडा अध्यक्ष साहले उपभोक्ता समिति बनाउदा वडाका आफुले भनेको मान्ने केही मानिसहरुको नागरिकता पहिलै लिएर उनीहरुलाई समेत थाहा नदिई गोप्य रुपमा निर्माण उपभोक्ता समिति गठन गरेर काम गर्ने गरेका स्थानीयको आरोप छ ।स्थानीयका अनुसार वडाको विकास निर्माणको काम गर्दा जुन टोलमा काम हुने हो सोही टोलका मानिसहरुलाई निर्माण उपभोत्ता समितिमा राख्नु पर्नेमा सो नगरी आफुले भनेको मान्ने तथा आफ्ना आफन्तहरु र एउटै घरमा दुई जना सम्मका दरले निर्माण उपभोक्ता समितिमा राखेका समेत पाइएको छ ।
मधेश प्रदेश सरकारको पुर्वाधार विकास मन्त्री नेकपा(एमाले)का रहेका र वडा अध्यक्ष साह पनि एमाले बाटै भएकाले उनले पुर्वाधार विकास कार्यालयबाट ठूलो रकम विकास निर्माणको नाममा निकालेर आर्थिक अनियमितता गर्ने गरेका स्थानीयको आरोप छ ।वडा अध्यक्ष साहले निर्माण उपभोक्ता समिति बनाउँदा आफुखुसी गोप्य रुपमा निर्माण उपभोक्ता समिति गठन गर्ने गरेका,प्राविधिक स्टमेट विनै विकास निर्माणका काम गर्ने गरेका,एउटै घरका दुई जनालाई निर्माण उपभोक्ता समितिमा राखेका,भारतमा विवाह गरेरगएकी रन्जनु साहलाई समेत निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष बनाएका,उपभोक्ता समितिबाट चेक र बैठक पुस्तिकामा हस्ताक्षर गराएर राख्ने गरेका,गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेका र मलंगवा नगरपालिका २ का वडा सदस्यहरु महेन्द्र राय र बलराम राय तथा वडा सचिव राम प्रवेश यादवलाई समेत जानकारी नदिई अध्यक्ष साहले आफुखुसी निर्माण उपभोक्ता समिति गठन गरेर काम गरेका साथै सडकमापदण्डको पालना नगरी आफुखुसी सडकको चौडाई समेत बनाएका स्थानीयको आरोप छ ।
पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीका प्रमुख विजय यादवले कमिसन विना कुनै काम नदिने गरेका चौतर्फी आलोचना भई रहेको समयमा मलंगवा नगरपालिका २ लाई करिब रु छ करोड रकम बराबरको काम दिनुले उनले राम्रो कमिसन असुलेका प्रष्ट हुन्छ ।कार्यालयले योजना र विकास निर्माणको काममा मनपरी रुपमा कमिसन मागेर भ्रष्टाचार र अनियमितता गर्ने गरेको आलोचना खेपीरहेको समयमा कार्यालय प्रमुख यादव कार्यालयमा नबस्ने र बाहिर गोप्य रुपमा आफ्नो निजी कार्यालय संचालन गरेर राखेका समेत पाइएको रहस्य बाहिरिएको छ।कमिसन बढी दिने व्यक्तिले पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीबाट सहजै बढी योजना पाउने गरेको समेत मलंगवा नगरपालिका २ लाई हेरे स्पष्ट हुने स्थानीय बताउँछन् ।
विगत दुई आर्थिक वर्ष देखि आफनो गोप्य कार्यालय संचालन गरेर २० देखि ४० प्रतिशत सम्म कमिसन उठाएर मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव,निमित प्रदेश सचिव संजय प्रसाद साहलाई कार्यालय प्रमुख यादवले पठाउने गरेका समेत पाइएको छ।मन्त्री यादव र सचिव साह दुवैको प्रियपात्रको रुपमा रहेका पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख यादव विगत दुई वर्ष देखि निरन्तर पुर्वाधार कार्यालय मलंगवा सर्लाहीमा कार्यरत रहेका छन् ।उनले पत्रपत्रिकामा विज्ञापन प्रकाशनको समेत कमिसन माग्ने गरेका छन् ।
चालु आर्थिक वर्षमा सर्लाही जिल्लाका लागि पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीमा रु एक अर्ब २० करोडको बजेट विनियोजन भएको भएपनि ती योजनाहरु सञ्चालनमा पूर्वाधार कार्यालय सर्लाहीको पार्दर्शीता माथि प्रश्न खडा भएको छ। सार्वजनिक खरिद नियमावली अनुसार कुनैपनि योजना सञ्चालन स्थलमा योजना तथा सो कार्यक्रमको सबै विवरण उल्लेख गरेर सूचना बोर्ड राख्नु पर्नेमा सर्लाहीमा सञ्चालित कुनैपनि योजनाहरुमा सो नियम लागु भएको छैन्।भने सोको अनुगमन समेत नभएको पाइएको छ ।
पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीबाट सञ्चालित योजनाहरुमा अनियमितता भएको जिल्लाका सरोकारवाला निकायहरुलाई जानकारी भएको भएपनि त्यसप्रति उनीहरुको नजर पुगेको छैन्।पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख यादवले कमिसनको भरमा प्रक्रिया विपरित सात जना कर्मचारीहरु करारमा भर्ना गरेका समेत पाइएको छ।करारमा नियुक्त गरेका कर्मचारीहरुको तलब भत्तामा समेत कार्यालय प्रमुख यादवले कमिसन असुल्ने गरेका एक कर्मचारीले बताए।कर्मचारीको तलबमा समेत कमिसन असुल्ने कार्यालय प्रमुख यादवले कमिसन बिना कुनै पनि काम वा फाइल अगाडि नबढाउने गरेका पाइएको छ ।पुर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यलय प्रमुखको रुपमा विगत दुई वर्ष पहिला सर्लाही आएका यादवले सुरुदेखि नै कमिसनको खेलमा कार्यालय पूर्णरुपमा लथालिंग बनाएका अर्का कर्मचारीले बताए ।
हरेक कुरामा कमिसन माग्न थालेपछि कार्यालयका सबै कर्मचारी कार्यालय प्रमुख यादव प्रति असन्तुष्ट देखिएका छन्।कमिसन असुलीले सिमा नाघेपछि गत वैशाखमा कार्यालय र कार्यालय प्रमुख यादवका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ।केही दिन पहिला अख्तियारले कार्यालयको सम्पूर्ण कागजातहरु छापा मारेर नियन्त्रणमा लिएको समेत पाइएको छ ।महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक ५९ औं वार्षिक प्रतिवेदनमा समेत मधेश प्रदेशका अधिकांश पूर्वाधार निर्माण तथा विकासे आयोजनाका काममा धेरै आर्थिक अनियमितता हुने गरेको देखिएको छ।जसमध्ये सडक,पुल र भवन लगायत भौतिक संरचना निर्माणमा व्यापक आर्थिक अनियमितता र कमिसनको भरमा बढी भुक्तानी गरिएको पाइएको छ ।
यता,कार्यालय प्रमुख यादवले पूर्वाधार विकास कार्यालय सर्लाहीको कमिसनका विषय सार्वजनिक गरे कर्मचारीहरुलाई जागिरबाट निष्काशन गरिदिने धम्की दिने गरेका समेत पाइएको छ ।योजनाहरू विक्री वितरण गरेर कमिसन उठाउँदै गरेको विभिन्न संचार माध्यममा सार्वजनिक भएपछि कार्यालय प्रमुख यादवले आफ्नो पावर पहुँच देखाउँदै कर्मचारीहरू माथि समय समयमा विभिन्न किसिमका धम्की लगाउने गरेका छन्।सेटिंगको आधारमा योजनाहरू विक्री वितरण भएको र कार्यालय प्रमुख यादवले कमिसन उठाउने काम गरिरहेको सूचना कार्यालयकै कर्मचारीहरुबाट बाहिरिने गरेको भन्दै कार्यालय प्रमुख यादवले आक्रोश व्यक्त गरे ।

सम्बन्धित समाचार