सर्लाहीको हरिवन नगरपालिका २ का रामबाबु महतोलाई बैकका कर्माचारीहरुको लार्पवाहीले सडकमा पुर्याएको छ । २०७७ सालमा तत्कालीन साहारा विकास बैँकबाट रु ३ करोड ७० लाख ऋण लिएका महतोलाई करिब ७ करोड बराबरको धितो बैँकमा हुँदा हुँदै र ब्याज तिर्दा तिर्दै पत्रिकामा लिलामी सुचना निकालेर तत्कालीन सहारा विकास र्बैँक हालको गरिमा विकास बैँकले सडकमा पुर्याएको हो ।
ऋण लिने क्रममै तत्कालीन सहारा विकास बैँकका कर्माचारी अवदेश कुमार राउतले आफ्नो चेकबाट र नगद गरीरु ४४ लाख २० हजार कमिसन लिएका रामबाबु ऋणी महतोको भनाई छ । काम हुनु भन्दा पहिलै विभिन्न मितिमा राउतले नगद र चेकबाट गरी रु ४४ लाख २० हजार कमिसन लिएका ऋणी रामबाबु महतोले बताए । राउतले २०७७ असोज १० गते नगद रु ५ लाख र विभिन्न चेकबाट रु ३९ लाख २० हजार गरी रु ४४ लाख २० हजार कमिसन लिएका ऋणी रामबाबुले बताए ।
तत्कालीन सहारा विकास बैँक गरिमा विकास बैँक भएपछि रु ४५ लाख डिमाण्ड ऋण थपेका रामबाबुसंग २०७९ असोज १४ गते त्यो रु ४५ लाख डिमाण्ड ऋणको २ महिना १४ दिनको व्याज भन्दै रु ११ लाख रकम काटेको र २०७९ असार ३१ गते बाँकी रकम अवदेश कुमार राउत र गरिमा विकास बैँकका शाखा प्रवन्धक रामएकवाल साह मिलेर महतोको व्याज वापत रु १३ लाख ८५ हजार जम्मा गराएको बताएका भएपनि पछि शाखा प्रवन्धक साहले सो वापत रु २० लाख कालिका किराना पसलको नाममा आफ्नोे खाताबाट निकालेको निकालेका ऋणी रामबाबुले बताए ।
राउतले ऋणी महतोको चेकबाट ऋणी महतोकै नामबाट रु १४ लाख अरुको खातामा ट्रान्सफर गराएका साथै राउत र शाखा प्रवन्धक साहले ऋणी रामबाबुसंग २०७९ असारमा रु १३ लाख ८५ हजारको कागज बनाउनु पर्छ भन्दै राउतले आफ्ना काका अशोक राउतको नाममा रु २०७५ सालको मिति राखेर रु ४० लाखको कागज बनाएका ऋणी रामबाबुले बताए । राउतले आफुलाई विभिन्न किसिमका प्रलोभनहरु देखाएका कारण आफुले राउतका काका अशोक कुमार राउतको नाममा रु ४० लाखको कागज गरेको भएपनि सो कागज फिर्ता गर्न आनग्रह गर्दा ज्यानै मार्ने सम्मका धम्की आएका ऋणी रामबाबुले गुनासो गरे ।
राउतले कर्माचारीहरु देखि लिएर शाखा प्रवन्धक समेतलाई मिलाउनु पर्छ भन्दै कमिसन विना काम नगर्ने बताएपछि आफुलाई ऋण चाहिएका कारण आफुले कमिसन दिएरै भएपनि ऋण लिएको ऋणी रामबाबुले बताए ।तत्कालीन सहारा विकास बैँक हुँदा रु ५ करोड ऋण प्रदान गर्ने भन्दै करिब रु ७ करोड बराबरको धितो समेत लिएको भएपनि पछि रु ३ करोड ७० लाख मात्र ऋण दिएका ऋणी रामबाबुले बताए ।
राउतले आफुसंग खाली चेक लिएर आफुखुसी पैसा भरी आफ्ना मानिसहरुको नाममा चेक भजाउने गरेका साथै धितो रोक्का हुँदा हुँदै पत्रिकामा ३५ दिने लिलामी सूचना निकालेपछि आफु घरको न घाटको भएको ऋणी रामबाबुले गुनासो गरे । हाल गरीमा विकास बैँकसंग आफ्नो रु २ करोड ९९ लाख ऋण देखिएको र ९ महिनाको व्याज देखिएकोमा २०८० बैशाख २१ गते रु २ लाख ब्याज वापतको रकम दिएको साथै बाँकी .व्याज राउतले तिरिदिन्छु भनेका भएपनि नतिरेका ऋणी रामबाबुको भनाई छ । ऋणी रामबाबुका अनुसार राउतले चेकबाट र नगद गरी रु ३५ लाख २० हजार रकम आफुलाई फिर्ता गर्नु पर्नेछ । तर राउतले आफ्नो रकम फिर्ता गर्नुको सट्टा आफुलाई विभिन्न किसिमका धम्की लगाउने गरेका ऋणी रामबाबुले बताए ।
राउतले कौशल महतो, अशोक राउत र फेकन राय यादवको नामबाट आफ्नो चेकबाट रकम निकाल्ने गरेका ऋणी रामबाबुको गुनासो छ । राउत र शाखा प्रवन्धक साहलाई घुम्न जाँदा देखि होटलमा बसेर खाँदा तथा मोजमस्ती गर्दा समेत आफैँले पैसा तिरिदिने गरेको ऋणी रामबाबुले बताए ।हामी निरन्तर समाचारमा छौँ ।