सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी जस्ता अराजक गतिविधि गर्ने १४ जना पक्राउ

248 Shares

सर्लाहीका विभिन्न स्थानबाट प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।शान्तिपूर्ण आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी जस्ता अराजक गतिविधि गरिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार “जेन जी” आन्दोलनका नाममा अशान्ति मच्चाउने १४ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाईएको छ।
बुधबार बिहान मलंगवास्थित कारागार कार्यालयमा कैदीबन्दीले गरेको आन्दोलनपछि केही स्थानमा छिटफुट घटना भए पनि,जनता समाजवादी पार्टी(जसपा)नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य अशोक यादवलाई नियन्त्रणमा लिए पनि थप अप्रिय घटना नभएको प्रहरीको भनाइ छ। 

सम्बन्धित समाचार