आठौं नगरस्तरीय वडाध्यक्ष कपकाे उपाधिका लागि लालबन्दी ११ र १३ खेल्दै

449 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटमा जारी आठौं नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनल खेल केही समयपछि सुरु हुने भएको छ।

कात्तिक १२ गतेबाट सुरु भएको आठौं नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज लालबन्दी नगरपालिका ११ र आयोजक लालबन्दी नगरपालिका १३ खेल्ने आयोजकले जनाएको छ ।

लालबन्दी नगरपालिकाले हरेक वर्ष आयाेजना गर्ने वडाध्यक्षकप लालबन्दी नगरपालिकाका १७ वटै वडाहरुमा क्रमैसंग आयाेजना हुँदै आएकाे छ । विजेता र उप विजेताका लागि आज प्रतिस्पर्धा हुने र तेस्राे स्थानका लागि लालबन्दी नगरपालिका ३ घोषणा भई सकेकाे आयाेजकले जनाएको छ।

आठौं नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको बिजेताले रु एक लाख ११ हजार एक सय ११,उपबिजेताले रु ५५ हजार पाँच सय ५५ प्राप्त र तेस्रो घोषणा भएको लालबन्दी नगरपालिका ३ ले रु ३३ हजार तीन सय ३३ प्राप्त गर्ने गर्ने आयोजक लालबन्दी नगरपालिका १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिए।

सम्बन्धित समाचार