नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि सबै भन्दा तल्लो तह वडा तहमा गरेको अधिवेशनमा सर्लाहीको बागमती,हरिवन र लालबन्दी नगरपालिकाका सबै वडामा अधिवेशन सम्पन्न भएको छ ।१५ औँ केन्द्रीय महाधिवेशनका लागि भन्दै वडा तहको अधिवेशन असोज ३ र ४ गते तोकिएकोमा सर्लाहीका २० वटा पालिकाहरु मध्य क्षेत्र नम्बर २ बाहेकका अन्य एक सय ४९ वडामा अधिवेशन सुरु गरिएको थियो । जसमा केही स्थानीय तहहरुका वडाहरुमा सामान्य विवाद देखिएकाले सभापति चयन हुन बाँकी रहेको भएपनि बागमती नगरपालिकाका सबै १२ वटै वडा,हरिवन नगरपालिकाका सबै ११ वटै वडा र लालबन्दी नगरपालिकाका सबै १७ वटै वडाहरुमा अधिवेशन सम्पन्न भएको हो ।
बागमती नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्म क्रमैसंग हरि सिग्देल,उर्मिला महत्त(कार्की),रत्नबज्र ठोकर,सनोज सुवेदी,अनुज घिमिरे,उत्तम वाईवा,रमेश राय यादव,शिव श्रेष्ठ,दरेश राय यादव,जगदेव रोक्का,राजु पाण्डे र बागमती नगरपालिका–१२ को वडा सभापतिमा नवराज पोखरेल चयन भएका नेपाली कांग्रेस बागमती नगर सभापति अर्जुन नन्द थापाले जानकारी दिए ।
त्यसैगरी,हरिवन नगरपालिकाका सबै ११ वटै वडाहरुमा पनि अधिवेशन सम्पन्न भएको छ ।हरिवन नगरपालिकाको वडा नम्बर–१ देखि ११ वटा वडा सम्मक्रमैसंग विकास बल,अभिनाश गोले,दुखा दास,चन्द्रमान तामाङ घिसिङ,कप्लेश्वर महत्तो,शिव नारायण महत्तो,विनोद अधिकारी, जीनलव मोत्तान,भुवन दाहाल,माधव दाहाल र हरिवन नगरपालिका–११ बाट दुर्गा बहादुर कार्की सभापतिमा चयन भएका नेपाली कांग्रेस मधेश प्रदेश समिति सदस्य एवम महिला नेतृ सोनी कुमारी बम्जनले जानकारी दिईन् ।
यता,लालबन्दी नगरपालिकाका १७ वटै वडाहरुको वडामा अधिवेशन सकिएको छ।जसमा लालबन्दी नगरपालिका–१ मा सुजन चालिसे,लालबन्दी–२ मा प्रेम पासवान, लालबन्दी–३ मा मोहन चौधरी,लालबन्दी–४ मा सुसिल दाहाल,लालबन्दी–५ मा चित्र कुमार कोश्वार, लालबन्दी–६ मा सरोज खतिवडा, लालबन्दी–७ मा दिपक थापा,लालबन्दी–८ मा अमृत बहादुर बम्जन, लालबन्दी–९ मा गोपाल प्रसाद घिमिरे, लालबन्दी–१० मा गणेश श्रेष्ठ, लालबन्दी–११ मा महेन्द्र महत्तो,लालबन्दी–१२ मा बाबुलाल योञ्जन,लालबन्दी–१३ मा सन्त बहादुर रखाल,लालबन्दी–१४ मा भीम पाख्रिन,लालबन्दी–१५ मा कैलाश कार्की,लालबन्दी–१६ मा पदम बहादुर श्रेष्ठ र लालबन्दी नगरपालिका–१७ मा राम बहादुर बम्जन सभापतिमा चयन भएका नेपाली कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिए ।
जिल्लाका अन्य केही पालिकाहरुका वडाहरुमा सामान्य सहमती जुट्न बाँकी रहेको र क्षेत्र नम्बर २ बाहेकका अन्य निर्वाचन क्षेत्रका एक सय ४९ वडामा करिब अधिवेशन सम्पन्न भएको छ ।
क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादव र क्षेत्रीय सभापति कौशल किशोर राय यादव विचको टसलका कारण क्षेत्र नम्बर २ का वडाहरुको अधिवेशन अन्यौलमा परेको नेपाली कांग्रेस स्रोतले जनाएको छ।क्रियाशिल सदस्यको सवालमा नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज र क्षेत्रीय सभापति कौशल विच टसल चलेपछि नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोजले साधारण सदस्य समेत नरहने गरी राजिनामा नै दिएका भएपनि उनको राजिनामा स्विकृत हुन बाँकी रहेको छ ।