ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत पौडेल घुससहित अख्तियारको नियन्त्रणमा

645 Shares

गणेश खड्का, ललितपुर
ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । आयोगले बिहीबार पौडेललाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई एक लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।    

सम्बन्धित समाचार