Close This

३ करोड २२ लाखमा निर्माण भएको सशस्त्र वन रक्षक आवास भवनको उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२१ गते   ४२७ पटक हेरिएको

सर्लाहीको सागरनाथ वन विकास परियोजनामा रु ३ करोड २२ लाखको लागतमा निर्माण भएको सशस्त्र वन रक्षक आवास भवनको उद्घाटन गरिएको छ । सागरनाथ वन विकास परियोजना भित्र रु ३ करोड २२ लाखमा निर्माण भएको सशस्त्र वन रक्षक आवास भवनको उद्घाटन गरिएको हो । 
वनको रक्षाका लागि खटिने वन सुरक्षाकर्मीहरुको लागि तयार पारीएको सशस्त्र वन रक्षक आवास भवनको वन तथा वातावरण मन्त्री प्रदिप कुमार यादवले उद्धघाटन गर्नु भएको सागरनाथ वन विकास परियोजनाका प्रमुख राम किशोर यादवलले जानकारी दिनु भयो । इश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ वन विकास परियोजनाको रक्षार्थका लागि आवाशको समस्या रहेको र रु ३ करोड २२ लाखको लागतमा आवाश भवन निर्माण भएपछि सशस्त्र वन रक्षकलाई निकै सहज भएको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री प्रदिप कुमार यादवले बताउनु भयो ।
पछिल्लो समय वन विनाशका घटनाहरु बढ्दै गएका कारण भोलीका दिनमा चुरे पहाड बालुवामा परिणत हुने अवस्था आउने भएका कारण पनि सशस्त्र वन रक्षकलाई समयानुकुल परिचाल नगर्न सक्नु पर्ने र जसका लागि उनिहरुको लागि आवश्यक पर्ने आवाश,लक्ता कपडा तथा हात हतियारहरुको व्यावस्थापन गर्नु पर्ने आवश्यकता रहेको कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री यादवले बताउनु भयो । उहाँले तस्करहरुको वृद्धि भएसंगै आफ्ना कर्माचारीको संख्यात्मक तथा गुणात्मक वृद्धि हुनु पर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि वन एवम वातावरण मन्त्ती यादवले पछिल्लो समय तस्करी बढेको र त्यसको व्यावस्थापन तथा न्युनिकरणका लागि सचेत नागरीकको पनि भुमिका उतिकै महत्वपुर्ण रहेको बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech