Close This

सर्लाहीमा करिब ५ लाख मतदाता,कुनमा कति शुचि सहित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१६ गते   १४५३ पटक हेरिएको


 सर्लाहीमा मदताताको संख्या ४ लाख ७४ हजार ४ सय ३९ जना पुगेको छ । जसमध्ये पुरुष मतदाता २ लाख ५७ हजार १ सय ३८ जना र महिला मतदाता २ लाख १७ हजार २ सय ९२ जना रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो । यसैगरी अन्य ९ जना मतदाता समेत रहेको निर्वाचन अधिकृत भुजेलले जानकारी दिनुभयो । यसैगरी जिल्लाको २० वटै पालिका गरी जम्मा मतदान स्थल संख्या ३ सय १८ र जम्मा मतदान केन्द्र संख्या ५ सय ९९ रहेको निर्वाचन अधिकृत भुजेलले बताउनुभयो । २० वटै पालिकाहरु मध्ये सबैभन्दा बढि बरहथवा नगरपालिकामा मतदाताको संख्या रहेको छ भने सबैभन्दा कम पर्सा गाउँपालिकामा मतदाता संख्या रहेको छ । बरहथवा नगरपालिकामा ४३ हजार २ सय २ र पर्सा गाउँपालिकामा १२ हजार ५ सय २७ मतदाता संख्या रहेको जिल्ला  निर्वाचन कार्यालयले जनाएको छ । 
त्यसैगरी ईश्वरपुर नगरपालिकामा ३७ हजार ८ सय ८३, कविलासी नगरपालिका २५ हजार ४ सय ९, कौडैना गाउँपालिकामा १६ हजार ४ सय ८९, गोडैता नगरपालिकामा २८ हजार १ सय ५७, चक्रघटा गाउँपालिकामा १७ हजार १ सय ६३, चन्द्रनगर गाउँपालिकामा १८ हजार ९ सय ९०, धनकौल गाउँपालिकामा १३ हजार ७ सय ३०, बलरा नगरपालिकामा २३ हजार ४ सय ५२, बसवरीया गाउँपालिकामा १४ हजार ४ सय ४१, बागमती नगरपालिकामा ३१ हजार ६ सय २, ब्रह्म्पुरी गाउँपालिकामा १७ हजार ९ सय ६४, मलंगवा नगरपालिकामा २८ हजार ९ सय ९२ मतदाता  रहेका छन् ।
त्यस्तै रामनगर गाउँपालिकामा १५ हजार ७ सय ९९, लालबन्दी नगरपालिकामा ३९ हजार ७ सय २७, विष्णु गाउँपालिकामा १४ हजार ७ सय २३, हरिपुर नगरपालिकामा २२ हजार ८ सय २२, हरिपुर्वा नगरपालिकामा, १९ हजार ९ सय २० र हरिवन नगरपालिकामा ३१ हजार ४ सय ४७ मतदाता  रहेका निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।
 यसैगरी मतदान स्थल तथा मतदान केन्द्रहरु ईश्वरपुर नगरपालिकामा मतदान स्थल २५ मतदान केन्द्र ४६, कविलासी नगरपालिकामा मतदान स्थल१९ मतदान केन्द्र ३३, कौडेना गाउँपालिकामा मतदान स्थल११ मतदान केन्द्र १९, गोडैता नगरपालिकामा मतदान स्थल २० मतदान केन्द्र ३६, चक्रघटा गाउँपालिकामा मतदान स्थल १२ मतदान केन्द्र २२, चन्द्रनगर गाउँपालिकामा मतदान स्थल१२ मतदान केन्द्र २३, धनकौल गाउँपालिकामा मतदान स्थल१० मतदान केन्द्र १८, पर्सा गाउँपालिकामा मतदान स्थल ९ मतदान केन्द्र १६, बरहथवा नगरपालिकामा मतदान स्थल २५ मतदान केन्द्र ५२, बलरा नगरपालिकामा मतदान स्थल २३ मतदान केन्द्र ३२, बसवरीया गाउँपालिकामा मतदान स्थल १० मतदान केन्द्र २०, बागमती नगरपालिकामा मतदान स्थल १७ मतदान केन्द्र ३७, ब्रह्म्पुरी गाउँपालिकामा मतदान स्थल ११ मतदान केन्द्र २४, मलंगवा नगरपालिकामा मतदान स्थल १९ मतदान केन्द्र ३५, रामनगर गाउँपालिकामा मतदान स्थल १२ मतदान केन्द्र २३, लालबन्दी नगरपालिकामा मतदान स्थल २७ मतदान केन्द्र ५०, विष्णु गाउँपालिकामा मतदान स्थल ११ मतदान केन्द्र १९, हरिपुर नगरपालिकामा मतदान स्थल १४ मतदान केन्द्र २८, हरिपुर्वा नगरपालिकामा मतदान स्थल १३ मतदान केन्द्र २६ र  हरिवन नगरपालिकामा मतदान स्थल १८ र मतदान केन्द्र ४० रहेको निर्वाचन अधिकृत भुजेलले बताउनुभयो । जिल्लाका सुरक्षा अधिकारीहरुले मतदान स्थल र केन्द्रहरुको स्थलगत अनुगमन समेत गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । देशभरमै सबैभन्दा धेरै स्थानिय निकाय सर्लाहीमा रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech