राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेस नेता ढुंगाना विरुद्ध रु २० लाख लिएको आरोप

270 Shares

मधेश प्रदेशबाट सत्ता गठबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना विरुद्ध केन्द्रीय पार्टी कार्यालयमा उजुरी परेको छ ।अनुशासन समितिका संयोजक समेत रहेका केन्द्रीय सदस्य ढुंगानाबिरुद्ध धनुषाका नेता भोला पञ्जियारले उजुरी दिएका नेपाली कांग्रेसका एक नेताले बताए ।
अघिल्लो राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भोट खरिद गर्नका लागि भनि केन्द्रीय सदस्य ढुंगानाले रु २० लाख लिएका धनुषा क्षेत्र नम्बर १ का महासमिति सदस्य पञ्जियारको आरोप छ । अघिल्लो राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेसबाट कांग्रेसका उम्मेदवार समेत रहेका पञ्जियारले पुस २० गते पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् ।
“त्यति बेलाको चुनावमा भोट किन्नु पर्छ भनेर आदरणीय नेता आनन्दप्रसाद ढुंगाना ज्यूलाई मैले रु १० लाख र नगिना यादवले रु १० लाख गरी रु २० लाख रुपैयाँ जम्मा गरेको र भोट किन्न नसके वापस गर्छु भन्ने कुराहरु भएको थियो तर भोट किन्न सक्नु भएन र अहिलेसम्म मेरो रु १० लाख रुपैयाँ पनि फिर्ता गरिरहेका छैनन् ।”धनुषा क्षेत्र नम्बर १ का महासमिति सदस्य पञ्जियारले दिएको उजुरीमा उल्लेख छ ।तर नेता ढुंगानाले भने आफूले पैसा नलिएको दावी गरेका छन् ।केन्द्रीय सदस्य ढुंगानाले आफुले अहिलेसम्म कसैसंग कुनैपनि किसिमको पैसा नलिएको दाबी गरेका छन् ।
यता,माघ ११ मा हुने राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा महिला समूहतर्फ १८ जना,दलित समूहतर्फ पाँच जना,अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय तर्फ आठ जना र अन्य समूहतर्फ २१ जना गरी राष्ट्रिय सभाको रिक्त रहेको कुल १९ सिटका लागि ५२ जना उम्मेदवारहरुको मनोनयन पत्र सोमबार दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारहरुको विरोधमा उजुरी दिने,पुस २५ र २६ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने,पुस २७ गते उम्मेदवारहरुले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह वितरण हुने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार