सर्लाहीको लालबन्दी नगरपालिका ६ बाट नेकपा(माओवादी केन्द्र) मा सयाैजना प्रवेश गरेका छन् । नेकपा(एमाले) का वडा कमिटि सदस्य कृष्ण कुमार खड्काकाे नेतृत्वमा सयाैँ जना माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र लालबन्दी नगरपालिका ६ का वडा कमिटि अध्यक्ष याेग प्रसाद दाहाल( भरत) ले जानकारी दिनुभयाे ।
माओवादी केन्द्र लालबन्दी नगरपालिका ६ काे वडा कार्यालयमा भएको एक कार्यक्रममा खड्काकाे नेतृत्वमा सयाैँ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
माओवाद केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सावित्रा बुढाथोकी, नगर कमिटि अध्यक्ष लेखराम जर्घा( अर्जुन),सचिव राजन कुमार श्रेष्ठ लगायतकाे आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम गरिएको हाे ।