सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर स्थित रहेको सर्प दंश उपचार केन्द्रले आर्थिक वर्ष २०८२/०८३ मा आठ सय जना भन्दा बढी सर्प दंशका बिरामीहरुको सफल उपचार गरेको छ।आर्थिक वर्ष २०८२/०८३ को साउनमा एक सय ४० जना,भदौमा एक सय १३ जना,असोजमा ८५ जना,कार्तिकमा ६० जना,मंसिरमा १६ जना,पुसमा छ जना,माघमा आठ जना,फागुनमा १७ जना,चैत्रमा ४७ जना,बैशाखमा ६५ जना जेठमा ८५ जना र असारमा एक सय ६८ जना गरी आठ सय १० जना सर्प दंशका बिरामीहरुको सफल उपचार गरिएको केन्द्रका प्रमुख जगन्नाथ यादवले जानकारी दिए ।उनका अनुसार साउनमा ४६ जना पुरुष,६३ जना महिला र ३१ जना बालबालिका गरी एक सय ४० जना,भदौमा ३९ जना पुरुष,५६ जना महिला र १८ जना बालबालिका गरी एक सय १३ जना,असोजमा २९ जना पुरुष,४० जना महिला र १६ जना बालबालिका गरी ८५ जना,कार्तिकमा २७ जना पुरुष,३१ जना महिला र दुई जना बालबालिका गरी कुल ६० जना,मंसिरमा छ जना पुरुष छ जना महिला र चार जना बालबालिका गरी १६ जना,पुसमा दुई जना पुरुष,छ जना महिला र एक जना बालबालिका गरी छ जना,माघमा चार जना पुरुष र चारजना महिला गरी आठ जना,फागुनमा चार जना पुरुष,छ जना महिला र सात जना बालबालिका गरी १७ जना,चैत्रमा २० जना पुरुष,१६ जना महिला र ११ जना बालबालिका गरी ४७ जना,बैशाखमा ३० जना पुरुष,२७ जना महिला र आठ जना बालबालिका गरी ६५ जना,जेठमा ३७ जना पुरुष,३३ जना महिला र १५ जना बालबालिका गरी ८५ जना र असारमा ६७ जना पुरुष,७४ जना महिला र २७ जना बालबालिका गरी एक सय ६८ जना गरी आर्थिक वर्ष २०८२/०८३ आठ सय १० जना सर्प दंशका बिरामीहरुको सफल उपचार गरीएको हो ।

सात जना स्वास्थ्यकर्मीहरु र २ जना नेपाली सेनाका तालिम प्राप्त कर्मचारीहरु कार्यरत रहेको उपचार केन्द्रमा आवश्यक प्राविधिक सामाग्रीहरु नरहेको भएपनि कर्मचारीहरुको आहोरात्र खटाईले आठ सय १० जनाको उपचार केन्द्रमा ३५ जनाको अन्यन्त्र उपचारका लागि पठाउने काम भएको उपचार केन्द्रका व्यवस्थापक लक्ष्मण महत्तोले बताए ।उनका अनुसार सो अवधिमा उपचार केन्द्रमा पाँच जना सर्प दंशका मृतक बिरामीहरु आएका थिए ।

२०७० साउन ७ गते स्थापना भएको उपचार कैन्द्रले १३ वर्षको अन्तरालमा आर्थिक वर्ष २०७१/०७२ मा आठ सय ३९ जना र आर्थिक वर्ष २०८२/०८३ मा आठ सय १० जनाको सफल उपचार गरेको उपचार केनद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा सात सय छ जना, आर्थिक वर्ष २०७१/०७२ मा आठ सय ३९, आर्थिक वर्ष २०७२/०७३ मा सात सय ७९ जना, आर्थिक वर्ष २०७३/०७४ मा छ सय ७५ जना, आर्थिक वर्ष २०७४/०७५ मा छ सय ७३ जना, आर्थिक वर्ष २०७५/०७६ मा पाँच सय ७० जना, आर्थिक वर्ष २०७६/०७७ मा पाँच सय ५६ जना, आर्थिक वर्ष २०७७/०७८ मा पाँच सय ६९, आर्थिक वर्ष २०७८/०७९ मा सात सय नौ जना, आर्थिक वर्ष २०७९/०८० मा पाँच सय ४३ जना, आर्थिक वर्ष २०८०/०८१ मा पाँच सय ५३ जना, आर्थिक वर्ष २०८१/०८२ मा सात सय २४ जना र आर्थिक वर्ष २०८२/०८३ मा आठ सय १० जना सर्प दंशका बिरामीहरुको सफल उपचार गरीएको हो ।

विषालु सर्प गोमनका साथै कालो करेत,हरियाने सर्पका साथै कम विषालु ढोडिया,धामन र फोस्रो करेत लगायतका ढसाईका बिरामीहरु उपचार केन्द्रमा उपचारका लागि आउने गरेका उपचार केन्द्रका मेडिकल अधिकृत डा.सन्तोष साहले बताए।उनका अनुसार पानी परेर रोकिएपछि असार साउन र भदौ महिनामा सर्प दंशका बिरामीहरुको चाप बढी रहेको छ ।

दुई जना मेडिकल अपिधकृत सहित ती जना हेल्थ असिष्टेन्ट र दुई जना अ.हे.ब सहित नेपाली सेनाका तालिम प्राप्त कर्मचारीहरु गरी नौ जना स्वास्थ्यकर्मीहरुले अहोरात्र खटेर नागरिकको ज्यान बचाउने काममा लागि परेका उपचार केन्द्र प्रशासनले जनाएको छ ।वर्षायाम र गर्मी समयमा सर्पदंशको जोखिम बढ्ने गरेको भएपनि सीमित स्रोत–साधन,जनशक्ति र उपकरणका बाबजुद पनि उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले अहोरात्र खटिएर सर्पदंशका बिरामीको सफल उपचार गरेका भएपनि सरोकारवाला निकायले व्यावस्थापकीय सवालमा चासो नदेखाएको स्थानीयको भनाई छ ।

तराई–मधेशका जिल्लामा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्ने गरेका छन्।खेतबारीमा काम गर्ने किसान,मजदुर तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिक सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन्।यस्तै अवस्थामा उपचार केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्दै बिरामीको ज्यान बचाउने कामलाई प्राथमिकतामा राखेको छ।
उपचार केन्द्रका अनुसार उपचारका लागि आउने अधिकांश बिरामी बागमती,हरिवन,लालबन्दी सहित सर्लाहीका अन्यपालिकाहरुका रहेका छन्। समयमै उपचारका लागि अस्पताल पुग्ने बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको भए पनि ढिलो गरी ल्याइएका बिरामीको उपचार चुनौतीपूर्ण हुने गरेको उपचार केन्द्रका मेडिकल अधिकृत अमन कुमार साहले बताए ।
उपचार केन्द्रमा आवश्यक औषधी,एन्टिभेनम,शैया तथा आधुनिक उपकरणको अभाव रहे पनि स्वास्थ्यकर्मीहरूले सेवामा कुनै कमी आउन दिएका छैनन्।बिरामीको अवस्था हेरेर तत्काल उपचार सुरु गर्ने,आवश्यक परे थप निगरानीमा राख्ने तथा जटिल अवस्थाका बिरामीलाई उच्चस्तरीय अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको उनले बताए।
उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूका अनुसार वर्षायाममा दैनिक रूपमा सर्पदंशका नयाँ बिरामी आउने क्रम जारी छ।कतिपय बिरामीलाई स्थानीय झारफुक वा घरेलु उपचारमा अल्झाएर ढिलो अस्पताल ल्याउने प्रवृत्तिका कारण ज्यान जोखिममा पर्ने गरेको छ।त्यसैले सर्पले डसेपछि कुनै पनि अन्धविश्वासमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न उनीहरूले आग्रह गरेका छन्।
केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पालैपालो २४ सै घण्टा सेवामा खटिने गरेका छन्।पर्याप्त जनशक्ति नहुँदा लामो समयसम्म निरन्तर ड्युटी गर्नुपर्ने अवस्था भए पनि बिरामीको जीवन रक्षा नै आफ्नो पहिलो दायित्व भएको उनीहरू बताउँछन्।सीमित स्रोत–साधनका बीच पनि बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै सयौं नागरिकको ज्यान बचाउन सफल भएको भन्दै केन्द्रलाई थप उपकरण,औषधी तथा जनशक्ति उपलब्ध गराउन सरकारसँग स्थानीयले माग गरिएको छ।
समयमै एन्टिस्नेकभेनम सहितको उपचार पाए अधिकांश बिरामीलाई बचाउन सकिने भएकाले ग्रामीण क्षेत्रमा रहेका उपचार केन्द्रलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको जानकारहरु बताउँछन् ।आगामी दिनमा आवश्यक बजेट,आधुनिक उपकरण,पर्याप्त एन्टिस्नेकभेनम र दक्ष जनशक्ति उपलब्ध गराइएमा केन्द्रले अझ प्रभावकारी सेवा प्रदान गर्दै धेरै नागरिकको जीवन बचाउन सक्ने विश्वास व्यक्त गरिएको छ।