सोमबारदेखि ५ दिन मलंगवा क्षेत्रमा दिनभर विद्युत कटौति हुने

178 Shares

सर्लाहीको नवलपुर–मलंगवा ३३ केभी लाइनमा १४ सोमबारदेखि १८ गते शुक्रबारसम्म विद्युत कटौति हुने भएको छ।नवलपुर–मलंगवा ३३ केभी लाइनको पुरानो तार हटाइ नयाँ तार जडानको काम सुरु गरिने भएकोले १४ सोमबारदेखि १८ गते शुक्रबारसम्म विद्युत कटौति हुने नेपाल विद्युत प्राकिरण मलंगवा वितरण केन्द्रले जनाएको छ ।
गर्मीयाममा दिनभर लाइन काटेर तार फेर्ने काम गर्दा चर्को विरोध भएपछि रोकिएको काम मलंगवा अब सोमबारदेखि पाँच दिनसम्म बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म लाइन कटौति गरेर गरिने मलंगवा वितरण केन्द्रले एक सूचना जारी गर्दै जनाएको छ ।
जसका कारण मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिद्युतीय काम प्रभावित हुने छन्। सर्लाहीमा अहिले पूर्वपश्चिम यसियन हाईवे स्तरोउन्नतिको क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने ट्रान्सफर्मर र पोलहरु सानुपर्दा तथा रुखहरु काट्नु पर्दा लालबन्दी वितरण केन्द्र अन्तर्गत क्षेत्रको बिजुली पनि अनियमित भइरहेको छ ।

सम्बन्धित समाचार