Close This

हरिवन ४ मा सवारी दुर्घटना, एककाे मुत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२४ गते   १४४७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ४ शासापुर स्थित पुर्व पश्चिम लाेकमार्गमा भएको सवारी दुर्घटनामा १ जनाकाे ज्यान गएकाे छ ।
हरिवन नगरपालिमा  ४ शासापुर स्थित पुर्वपश्चिम लाेकमार्ग अन्तर्गत लखनदेही पुल नजिक नवलपुरबाट हरिवन तर्फ जाँदै गरेकाे ज ५ प ७६५५ नम्बरकाे माेटरसाईकल र विपरित दिशाबाट आएकाे प्रदेश २ -०३-००११९२४ नम्बरकाे पिकअप बाेलेराे साेमबार साँझ करिब ६ बजे एक आपसमा ठाेक्किदा लालबन्दी नगरपालिका १ बस्ने अन्दाजी वर्ष ३२ का रवि खड्काकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।
माेटरसाईकल यात्रीकाे घटनास्थल मै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार विपरित दिशाबाट  अटाे रिक्सालाई ओभरट्याक गर्ने क्रममा बाेलेराे पिकअपसंग ठाेक्किएकाे हाे ।
प्रहरीका अनुसार ज ५ प ७६५५ नम्बरकाे माेटरसाईकल विपरित दिशाबाट आएकाे  प्रदेश २ -०३-००११९२४ नम्बरकाे पिकअप बाेलेराेसंग विपरित दिशामा गई ठाेक्किएकाे हाे । दुर्घटनामा संग्लग्न दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका र शवलाई पाेष्ट मार्टमका लागि पठाउने तयारी भईरहेकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको   छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech