ई–रिक्सा दुर्घटना हुँदा दुई जना घाईते

167 Shares

सर्लाहीको बागमती नगरपालिका–१० स्थित शिवमन्दिर नजिकै ई–रिक्सा दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।बागमती नगरपालिका–१० स्थित भित्री सडक खण्डमा सोल्टीबाट कल्याणपुर टोल तर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ ह ३८२७ नम्बरको ई–रिक्सा आफै अनियन्त्रीत दुर्घटना हुँदा सोही ठाउँकी अन्दाजी ८० वर्षिय तिलम माया र सोही ठाउँकी अन्दाजी वर्ष ५० की दुर्गा कुमारी शाही घाईते भएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते मध्य तिलमको अवस्था गम्भीर रहेकाले उनलाई वयोधा अस्पताल वीरगन्ंज पर्सा पठाइएको छ भने दुर्गा कुमारीलाई  स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको साथै ई–रिक्सा र ई–रिक्साका चालक बागमती नगरपालिका–१० का  अन्दाजी ५३ वर्षिय तिर्थ बहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

सम्बन्धित समाचार