सर्लाहीकाे मलंगवा नगरपालिका ९ पिपलबोट स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट शसस्त्र प्रहरीले ७८ बाेतल लागु औषध बरामद् गरेकाे छ । शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाकाे टाेलीले पैदल गस्ति गर्ने क्रममा व्यवारिसे अवस्थामा राखिएको प्लाष्टिककाे झोला चेक जाँच गर्दा वनरेक्स नामक लागुऔषध ७८ बाेतल बरामद् गरेकाे शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरीक्षक देव वहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार बरामख् गरिएको लागुऔषध आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाईएकाे छ ।
नेपाल भारत खुल्ला सीमाका कारण नेपाली बजारमा भारतिय लागू औषध खुलेआम रुपमा भित्रने गरेकाे चाैतर्फि गुनासाे पछि थप सक्रिय भएको शसस्त्र प्रहरी टाेलीले लागू औषधका साथै भन्सार छली लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेकाे अवस्थामा अन्य विभिन्न किसिमका सामानहरु समेत बरामद् गरि रहेकाे शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका प्रवक्ता एवम शसस्त्र प्रहरी नायव उपरीक्षक गाेपी भट्टराईले बताए ।