ईश्वरपुरको हाल सम्मको मतगणना अनुसार कांग्रेसका आचार्यको अग्रता कायमै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३ गते   १०९० पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिकाको जारी मतगणना अनुसार नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार मनोज कुमार आचार्यले अग्रता लिएका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार निवर्तमान नगर प्रमुख  मनोज कुमार देवकोटासँग मतान्तर बढाउँदै कांग्रेसका आचार्यले अग्रतालाई लिएका हुन ।
हालसम्म गणना भएको १, २, ३, ४, ११, १३, १४ र १५ नम्बर वडाको मत परिणाम अनुसार कांग्रेसका आचार्यले ४ हजार ७ सय ५३ मत पाएका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार निवर्तमान नगर प्रमुख देवकोटाले ३ हजार १ सय १२ मत पाएका छन् । नेकपा(माओवादी केन्द्र)को तर्फबाट नगर प्रमुख पदका उम्मेदवार डा.जय प्रकाश चौधरी भने निकै पछाडी परेका छन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech