Close This

लालबन्दीमा २४ जना कोरोना संक्रमित थपिएसंगै,नगरमा संक्रमितको संख्या ४९,जिल्लामा ११३२

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-४ गते   ५५६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबार २४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
मंगलबार २२८ जना नयाँ र आईसोलेसनमा बसिरहेका ४ जनाको गरी २३२ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि नगरपालिकाले काठमाडौंको टेकु अस्पताल पठाएको थियो । ‘२२८ जना मध्ये बुधबार राती नै २४ जनाको पोजेटिभ रिपोर्ट आएको लालबन्द िनगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो । आइसोलेसनमा रहेका ४ जनाको स्वाबको रिपोर्ट आउन बाँकी र ५ जनाको रिपोर्टमा भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । संक्रमित २४ जना मध्ये १८ जना पुरुष तथा ६ जना महिला रहेका छन ।
त्यस्तै २४ जना मध्ये एकजना हरिपुर नगरपालिका–७ निवासी भएकाले उतै तथा एकजना वीरगंज निवासी ग्लोबल आईएमई बैंकका कर्मचारी घर गईसकेकाले उतै आईसोलेसनमा बस्ने र २२ जना लालबन्दी निवासी नै रहेको नगर प्रमुख खड्काले जानकारी दिनु भयो । ‘२२ जनामध्ये हालसम्म ११ जनाले होम आईसोलेसनमै बस्ने ईच्छा जाहेर गरेका छन भने ११ जनालाई नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आईसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ ।


पछिल्लो २४ संक्रमित मध्ये वडा नं. ७ का मात्र १२ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर २ का २ जना,वडा नम्बर १ का २ जना, वडा नम्बर ६ का १ जना, वडा नम्बर ८ का २ जना,वडा नम्बर १० का १ जना र  वडा नम्बर १७ का १ जना रहेका लालबन्दी नगरपालिका स्वास्थ्य सह–संयोजक सुरेन्द्र कुमार खतिवडाले  बताउनु भयो । स्वास्थ्य सह–संयोजक खतिवडाका अनुसार यो सहित लालबन्दी घर भएका कोरोना संक्रमित ४९ जना पुगेका छन् भने सर्लाही जिल्ला भर १ हजार १ सय ३२ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech