सर्लाहीको इश्वरपुर नगरपालिका ११ मा भएको सवारी दुर्घटनामा छ जना घाईते भएका छन्।इश्वरपुर नगरपालिका ११ स्थित खोरिया टोलबाट बबरगन्ज जाँदै गरेको बा २२ प ३९३० नम्बरको मोटरसाईकल र बबरगन्जबाट खोरिया टोलतर्फ आउँदै गरेको विआर ३० डि ३२३१ नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाईकलमा सवार र पैदलयात्री गरी छ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घाईते हुनेहरुमा विआर ३० डि ३२३१ नम्बरको मोटरसाईकलका चालक ईश्वरपुर नगरपालिका ११ का अन्दाजी वर्र्ष २५ का दिपेश शर्मा सोही मोटरसाईकलमा सवार शर्माकी श्रीमती अन्दाजी वर्ष २२ की अन्जली ठाकुर र उनीहरुका छोरा अन्दाजी सात महिनाका दिव्यान्स ठाकुर, बा २२ प ३९३० नम्बरको मोटरसाईकलका चालक चन्द्रनगर गाउँपालिका ६ का अन्दाजी वर्ष १८ का रवि साह,सोही मोटरसाईकलमा सवार चन्द्रनगर गाउँपालिका ६ कै अन्दाजी वर्ष १५ की विमला साह र पैदल यात्री चन्द्रनगर गाउँपालिका २ बबरगंजकै अन्दाजी वर्ष १८ की सुष्मा कुमारी साह घाईते भएका छन् ।दुर्घटनामा संग्लग्न रहेका दुईवटै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेका छन् भने घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको प्रहरीले जनाएको छ ।