लागू औषध गाँजा ७० किलो सहित दुई भारतीय नागरिक पक्राउ

3k Shares

सर्लाहीमा ७० किलो लागू औषध गाँजा सहित दुई भारतीय नागरिक पक्राउ परेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सितामाढी थाना सोनवर्षा ग्राम पंचायत सोनवर्षा वडा नं.३ बस्ने वर्ष २१ को धर्मेन्द्र कुमार मण्डल र वडा नं.१ बस्ने वर्ष १९ को भोला कुमार साह रहेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका ९ बाट लागुऔषध गाँजा ७० किलोसहित २ जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल (बि.ओ.पी.) मलंगवाको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा भारत विहार राज्य जिल्ला सितामाढी थाना सोनवर्षा ग्राम पंचायत सोनवर्षा ३ का वर्ष अन्दाजी २१ का धर्मेन्द्र कुमार मण्डल र वडा नं.१ का वर्ष अन्दाजी १९ का भोला कुमार साह पक्राउ परेका हुन ।
विओपी मलंगवाको सशस्त्र प्रहरीको टोलीले गस्ती गर्नेक्रममा नेपाल भारत सिमा नाकामा नेपालबाट भारततर्फ ४÷५ जना अपरिचित व्यक्तिहरुले टाउँकोमा बोकेर लैजाँदै गरेको अवस्थामा श.का लागि चेकजाँच गर्दा लागुऔषध गाँजा बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ । लागु औषध गाँजा सहित पक्राउ परेका दुई भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
लागू औषध गाँजा सहित पक्राउ परेका उनिहरु विरुद्ध लागू औषध गाँजा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत सर्लाहीबाट म्याद अनुमति लिई अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । सिमानाका केही सहज हुना साथ खुल्ला सिमानाकाको प्रयोग गर्दै अपराधिक गतिविधि शुरु भएका छन् । 

सम्बन्धित समाचार