संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान जारी भएपछिको नौ वर्षको अवधिमा नेपालको सत्तामा तीन नेताको घोषित÷अघोषित आलोपालो चलिरहेको छ।नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएर सोमबारबाट कार्यभार सम्हालेका छन्।२०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओली २०७४ फागुन ३ र २०७८ वैशाख ३० मा पनि प्रधानमन्त्री नियुक्त भएका थिए ।
यस अघि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) र त्यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए।नवनियुक्त प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति देउवाले आलोपालोको सहमति गरेका छन्।सहमति यथावत् रहेमा कांग्रेस सभापति देउवा डेढ÷दुई वर्षपछि पुनःप्रधानमन्त्री नियुक्त हुने निश्चित छ।यसरी वर्षौंसम्म सीमित नेताको वरिपरि सत्ता घुमिरहनु अस्वाभाविक भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
२०७२ असोजमा एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रसँग सत्ता साझेदारी गरेका थिए। २०७४ को निर्वाचनमा भने वाम गठबन्धन गरिएको र पार्टी एकताको उद्देश्य राखिएको थियो ।सोही अनुसार उनी माओवादी केन्द्रको साथ लिएर प्रधानमन्त्री बनेका थिए ।त्यस लगत्तै दुई पार्टीबीच एकता भएको थियो।त्यसरी गठन भएको नेकपाका एक जना अध्यक्षको रुपमा उनी प्रतिनिधि सभामा करिब दुई तिहाइको समर्थन सहितको प्रधानमन्त्री बनेका थिए ।
२०७८ वैशाखमा भने एमाले अध्यक्ष ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए।२०७८ वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका उनी वैशाख ३० मा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नियुक्त भएका थिए।चौथो कार्यकालका लागि उनलाई कांग्रेसले समर्थन गरेको छ ।
२०५२,२०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति देउवा संविधान जारी भएपछि पनि दुई पटक प्रधानमन्त्री नियुक्त भइसकेका छन्।उनी २०७४ जेठ र २०७८ असारमा पुनःप्रधानमन्त्री नियुक्त भएका थिए।पछिल्ला दुवै कार्यकालमा सत्ताको मुख्य साझेदार माओवादी केन्द्र बनेको थियो ।
निवर्तमान प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि संविधान जारी भएपछि दुई पटक प्रधानमन्त्री बनिसकेका छन्।पहिलो संविधान सभाको निर्वाचनपछि २०६५ साउनमा पहिलो पटक प्रधानमन्त्री बनेका निवर्तमान प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संविधान जारी भएपछि २०७३ साउन र २०७९ पुसमा दोस्रो र तेस्रो पटक प्रधानमन्त्री बनेका थिए।दोस्रो कार्यकालमा कांग्रेससँग सत्ता साझेदारी गरेका निवर्तमान प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो कार्यकालमा भने एमाले र कांग्रेससँग साझेदारी हेरफेर गरेका थिए ।
सत्ता साझेदारी गरेको समयमा बाहेक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली,कांग्रेस सभापति देउवा र निवर्तमान प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रहार गर्ने प्रायःजसो आफूबाहेककै दुई नेताको तीव्र आलोचना गर्छन्।कतिपय अवस्थामा गाली गलौज मै उत्रिन्छन्,तर,सत्ताका लागि भने फेरि आफूबाहेककै दुईमध्ये एक नेताको साथ लिने गरेका छन् । गाली पनि गरिरहने,सत्ता साझेदारी पनि गरिरहने अनौठो परिस्थिति नेपाली राजनीतिमा छ । यसका लागि उनीहरूले “राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्”भन्ने तर्कको सहारा लिने गरेका छन् ।
एक अर्कालाई जतिसुकै गाली गरेपनि उनीहरूलाई स्वार्थले एक ठाउँमा ल्याउने गरेको राजनीतिक विश्लेषकहरुको भनाई छ।“त्यो स्वार्थ पनि राम्रो गरौँ भन्ने उद्देश्यको होइन।आफू सत्तामा छँदा कतिवटा बदमासी गरेको छ ।त्यसबाट बच्नका लागि मिल्ने हुन्” उनीहरुको भनाई छ ।
आलोपालोको घोषित/अघोषित सहमति
२०७२ असोज २४ मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा माओवादी केन्द्रले सघाएको थियो ।अघिल्लो दिन दुई पार्टीबीच भएको १४ बुँदे सहमतिमा सत्ताको नेतृत्व आलोपालो गर्ने विषयमा केही उल्लेख थिएन,तर,सोही वर्ष भएको कांग्रेसको महाधिवेशनबाट कांग्रेस सभापति देउवा सभापति निर्वाचित भएपछि उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सत्ता साझेदारीको प्रयत्न सुरु गरे।सोही अनुसार,२०७३ वैशाखमा कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अघि बढिसकेका थिए,तर एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग रातारात नौ बुँदे सहमति गर्दै सत्ता हेरफेरको सम्भावनालाई तत्कालका लागि स्थगित गरिदिएका थिए ।
त्यतिबेला बजेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने र वाम सहयात्रा कायम राख्ने गरी गोप्य तीन बुँदे सहमति पनि भएको नेताहरूले बताउने गरेका थिए ,तर त्यसको पालना हुन सकेन।असारमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुनः नजिकिए।अन्ततः सात बुँदे सहमति गर्दै एमाले अध्यक्ष ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए।जसकारण एमाले अध्यक्ष ओली पदमुक्त हुनुप¥यो ।
कांग्रेससँगको साझेदारीबाट माओवादी केन्द्रका अध्यउक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुअघि कांग्रेस सभापति देउवासँग व्यवस्थापिका संसद्को बाँकी कार्यकालमा आधाआधा आलोपालो गर्ने भद्र सहमति भएको थियो।त्यसको पालना माओवादी केन्द्रका अध्यउक्ष प्रचण्डले गरे।उनले २०७४ जेठमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो पदबाट राजीनामा दिएका थिए ।त्यसबाट खुसी भएका देउवाले संसद्मै माओवादी केन्द्रका अध्यउक्ष प्रचण्डलाई राजनेताको संज्ञा दिएका थिए ।
२०७४ जेठमा कांग्रेस सभापति देउवाले माओवादी केन्द्रसँगको साझेदारीमा सरकारको नेतृत्व गरे,तर सोही वर्ष मंसिरमा हुन थालेको निर्वाचनलाई लक्षित गर्दै असोजमै एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिए।उनीहरूले गठबन्धन बनाएर निर्वाचनमा भाग लिने र कालान्तरमा पार्टी एकता गर्ने सहमति गरे ।निर्वाचनपछि फागुनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने ।
एमाले र माओवादी केन्द्रले त्यतिबेला सत्ता साझेदारी गरेका थिए,तर,२०७५ जेठ ३ मा दुई पार्टीबीच एकता भयो।अघिल्लो दिन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक एक जना नेताहरू एमालेका उपा अध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्माको उपस्थितिमा गरेको सहमतिमा“समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने”उल्लेख थियो,तर यो सहमति भने कार्यान्वयन हुन पाएन।पार्टी एकता भएको केही महिनापछि नै नेकपामा असमझदारी उत्पन्न हुन थाल्यो ।त्यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटका नेताहरूले सो सहमतिलाई सार्वजनिक गरिदिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि त्यसैलाई देखाउँदै एमाले अध्यक्ष ओलीमाथि दबाब बढाउन थाले,तर पार्टीभित्रको द्वन्द्व चर्किएपछि २०७७ पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन नै गरिदिएर वारपारको स्थिति निम्त्याए।सर्वोच्चको एउटा फैसलामार्फत् नेकपाको एकता पनि खारेज भयो ।
अल्पमतको प्रधानमन्त्री रहेकै बेलामा एमाले अध्यक्ष ओलीले २०७८ जेठ ७ गते पुनः प्रतिनिधि सभा विघटनको सिफारिस गरे(जुन जेठ ८ गते बिहान मध्यरातमा राष्ट्रपतिबाट अनुमोदन भयो)।त्यतिबेला माओवादी केन्द्र,एमालेकै माधव नेपाल पक्ष,जसपा नेपालका उपेन्द्र यादव पक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका लागि अघि सारे।उनी २०७८ असारमा पाँचौं पटक प्रधानमन्त्री बन्न सफल भए ।
कांग्रेस सभापति देउवा सरकारले नै २०७९ मंसिरमा निर्वाचन गराएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको नेताहरूको भनाइ छ,तर निर्वाचनमा कांग्रेस ठूलो पार्टी बनेपछि कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई होइन,आफैं प्रधानमन्त्री बन्ने प्रयत्न गरे,तर,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने एमालेको साथ लिएर २०७९ पुस १० मा प्रधानमन्त्री बने।त्यतिबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सत्ता साझेदारीको भद्र सहमति भएको थियो,तर दुई महिनापछि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनःकांग्रेससँग साझेदारी गरे।यसक्रममा एकीकृत समाजवादी पनि जोडियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता साझेदार फेरेपछि उनी स्वयं,कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच आलोपालो गर्ने सहमति भएको नेताहरूको भनाइ थियो,तर,२०८० फागुनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनःएमालेसँगै साझेदारी गरे ।यसक्रममा भने आलोपालोको सहमतिको खासै चर्चा भएन।बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैं पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना दर्साउन थालेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विस्थापन गर्ने गरी कांग्रेस र एमालेबीच असार १७ गते राति सहमति भएको छ।त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन,तर,आलोपालोको सहमति भने भएको छ।यसअघि गोप्य रहने वा भद्र सहमतिको रुपमा आलोपालोको विषयलाई यसपटक कांग्रेसले औपचारिक रुपमै सार्वजनिक गरेको छ।पछि विवाद नहोस् भन्ने अभिप्रायले हुन सक्छ,असार १९ को केन्द्रीय कार्यसम्पादन समितिको बैठक र २२ गतेको संसदीय दलको बैठकपछि सार्वजनिक विज्ञप्तिमा उसले “सरकारको नेतृत्व पहिलो पटक नेकपा एमालेका अध्यक्ष ओली र दोस्रो पटक कांग्रेसका सभापति देउवाले गर्ने गरी भएको सहमतिको कार्यान्वयन गर्न”दृढता व्यक्त गरेको छ ।
“आशाविहीन”रजगज
पार्टी सत्ता र राज्य सत्तामा पुराना नेताहरूलाई विस्थापन गरिनुपर्ने भनेर जतिसुकै बहस भए पनि बर्षौंदेखि केही नेताकै रजगज चलिरहेको देखिन्छ ।जस्तो कि,कांग्रेस सभापति देउवा २०५२ सालमै प्रधानमन्त्री बनिसकेका थिए।सोही वर्ष जन्मिसकेको बच्चाको उमेर अहिले २९ वर्ष पुगिसक्यो।यसबीचमा समाजको रुचि,प्राथमिकता र आकांक्षामा कैयौं बदलाव आइसक्यो,तर कांग्रेस सभापति देउवा प्रधानमन्त्रीको दौडमा अग्रपंक्तिमै छन् ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि उमेरले सात दशक पुगिसके ।पटकपटक पार्टी सत्ता र राज्य सत्ताको नेतृत्व गरिसकेकाले उनीहरूबाट नयाँपनको अनुभूति नहुने प्रतिक्रिया पाइन्छ।उनीहरूप्रति जनतामा व्यापक असन्तोष रहेको राजनीतिक जानकारहरुको भनाइ छ।त्यसको संकेत गत निर्वाचनमै देखिएको ठम्याइ छ।“पटकपटक प्रधानमन्त्री भए पनि यिनीहरूबाट केही सुधार होला भन्नेमा मलाई विश्वास छैन” “यनीहरूको “डेट”गइसक्यो।यिनीहरूले केही गर्नै सक्दैनन् ।”
कांग्रेस सभापति देउवा,एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधित्व गर्ने पार्टीभित्र पुस्तान्तरणको बहस नहुने गरेको होइन।सामान्य पहलकदमी पनि हुने गरेको छ,तर परिणाम ल्याउन सकेको छैन।त्यसको एउटा सन्दर्भ कांग्रेसको संसदीय दलको निर्वाचनमा कांग्रेस सभापति देउवासँग महामन्त्री गगन कुमार थापाले गरेको प्रतिस्पर्धालाई लिन सकिन्छ।पार्टीभित्र कांग्रेसका सभापति देउवाको बलियो पकडका कारण थापा सफल भएनन् ।
पार्टीको नेतृत्वमा र पार्टीबाट चयन हुने प्रधानमन्त्रीको उम्मेदवारमा नयाँपन ल्याउनका लागि केही काम गर्न सकिने जानकारहरुको सुझाव छ।“पहिलो,पार्टीभित्र नै नयाँ नेतृत्वका लागि दबाब बढाउनुपर्छ ।दोस्रो,परीक्षण भइसकेका नेताका विपक्षमा नागरिक दबाब सशक्त हुनुपर्छ । तेस्रो,चुनावमा उनीहरूलाई नै पराजित गर्नुपर्छ वा उनीहरूको बर्चस्वलाई कमजोर बनाउनुपर्छ।”राजनीतिक विष्लेशकहरु बताउँछन् ।
नेपालको संविधानमा राष्ट्रपति जस्ता पदमा कति कार्यकाल रहन पाउने स्पष्ट व्यवस्था गरिएको छ,तर,प्रधानमन्त्रीको हकमा केही लेखिएको छैन।प्रधानमन्त्री पनि कति कार्यकाल बन्न पाउने भनेर संविधानमै लेख्ने हो भने सुधार हुनसक्ने कतिपयले धारणा राख्ने गरेको पाइन्छ ।निश्चित कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने बाध्यकारी व्यवस्था हुँदा केही महिने प्रधानमन्त्री हुनका लागि दौडधुप गर्ने प्रवृत्ति बन्द हुने उनीहरूको धारणा पाइन्छ,तर,जो प्रधानमन्त्रीका सम्भावित उम्मेदवार हुन्, उनीहरू नै सहमत नहुँदासम्म संविधान संशोधन हुने स्थिति भने छैन ।
संविधान जारी भएपछि कहिले को को प्रधानमन्त्री बने ?
एमाले अध्यक्ष केपी शर्मा ओली :२०७२ असोजदेखि २०७३ साउनसम्म,
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) :२०७३ साउनदेखि २०७४ जेठसम्म,
कांग्रेस सभापति शेरबहादुर देउवा : २०७४ जेठदेखि २०७४ फागुनसम्म,
एमाले अध्यक्ष ओली : २०७४ फागुनदेखि २०७८ वैशाखसम्म,
एमाले अध्यक्ष ओली ; २०७८ वैशाखदेखि २०७८ असारसम्म,
कांग्रेस सभापति देउवा : २०७८ असारदेखि २०७९ पुससम्म,
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डः २०७९ पुसदेखि २०८१ असारसम्म,
एमाले अध्यक्ष ओली : २०८१ असारदेखि