Close This

लालबन्दी नगरपालिकाद्धारा बिहीबार र शुक्रबार होलीको बिदा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-३ गते   २७२२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले फागू पूर्णिमा(होली) पर्वको अवसरमा बिहीबार नगरभित्र सार्वजनिक बिदा दिएको छ । फागू पूर्णिमा(होली)पर्वको अवसरमा संघीय सरकारले तराई क्षेत्रका लागि शुक्रबार एक दिन मात्रै बिदा दिएको भएपनि लालबन्दी नगरपालिकाले भने बिहीबार पनि बिदा दिएको हो ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले बुधबार सुचना जारी गर्दै बिहीबार नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था र वित्तीय संस्था समेतलाई बिदा दिइएको हो ।
लालबन्दी नगरपालिकाभित्र मिश्रीत समुदायको बसोबास रहेका कारण बिहीबार र शुक्रबार दुवैदिन सार्वजनिक बिदा दिईएको नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिका भित्र मिश्रीत समुदायको बसोबास रहेका कारण बिहीबार पनि सार्वजनिक बिदा दिइएको हो । पहाडी क्षेत्रमा बिहीबार र तराई क्षेत्रमा शुक्रबार रंगहरुको पर्व होली फागू पूर्णिमा(होली) पर्व मनाउने गरिएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech