सर्लाही प्रहरीको हिरासतमा एक महिलाकाे आत्माहत्या

905 Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे हिरासतमा एक महिलाले आत्महत्या गरेकी छन् । साउन २ गते सशस्त्र प्रहरीले अबैध रकम र  गर गहनासहित नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएकि एक महिलाले आत्माहत्या गरेकी प्रहरी स्राेतले जनाएको छ ।
प्रहरी स्राेतका अनुसार सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएकी महिलाले प्रहरी हिरासत मै पासो लगाएर आत्महत्या गरेकी हुन्। जिल्लाको चक्रघटा गाउँपालिका ८ कि अन्दाजी वर्ष ४० कि हजरत खातुनले जिल्ला प्रहरी कार्यालय सर्लाहीको  हिरासत कक्षको शौचालयमा राती पासो लगाएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ।  
साउन २ गते  सशस्त्र प्रहरीले  नेपाल भारत सिमा क्षेत्रको मलंगवा नगरपालिका ८ स्थित झिलमिलियामाइ बोर्डरमा हजरतलाइ रु पाँच लाख चार हजार नगद,एक सय ८७ दशमलव ७७ ग्राम चादी र ७ दशमलव ७ ताेला सुन सहित नियन्त्रणमा लिएको थियो ।  
हिरासत कक्षमा रहेको शौचालयमा पासो लगाइ आत्म हत्या गरेकी महिलाको शव पोस्टमार्टमको लागि प्रदेशिक अस्पताल मलंगवा लगिएको र आत्महत्या बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
तर प्रहरीको हिरासतमा रहेकी महिलाकाे आत्माहत्या हुनुलाई विशेष चासाेका साथ हेरिएकाे छ । भने प्रहरीले अस्पतामा उपचारकाे क्रममा मृत्युु भएको दाबी गरि रहेकाे छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तालिममा रहेका र साे समयमा निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जिल्ला प्रहरी कार्यालय सर्लाहीको कमाण्ड सम्हाली रहेका छन् ।

सम्बन्धित समाचार