सर्लाहीको लालबन्दी नगरपालिकाले टाइफाइड विरुद्धकाे खोप अभियान बारे अन्तरक्रिया गरेको छ । यहि चैत २५ गतेदेखि नगर भित्रका विद्यालय तथा स्वास्थ्य संस्थाहरुबाट १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम तय गरेको नगरपालिकाले खाेप अभियानका वारेमा अन्तरक्रिया कार्यक्रम गरेकाे नगर स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिनुभयाे । उहाका अनुसार लालबन्दी नगरपालिका भित्र १७ वटै वडाका २२ हजार ८ सय २३ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । नगर स्तरिय खाप अभियान सञ्चालन समितिले नगरका सराेकारवालाहरुसंग छलफल गरि सुरु भएको टाईफाईड खाेप अभियान चैत ३० गते सम्म चल्ने र नगरभित्रका सामुदायिक र निजी विद्यालयहरुमै पालैपालाे खाेप केन्द्र संचालन गरि खाेप लगाईने नगर स्वास्थ्य शाखा सह संयाेजक सुरेन्द्र खतिवडाले बताउनु भयाे
चैत ३० गते सम्म सञ्चालन गरिने खाेप अभियानमा छुटेका बालबालिकाहरुका लागि नगरका स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्र गरि १७ वटा स्वास्थ्य केन्द्रमा खाेप लगाईने स्वास्थ्य शाखा संयाेजक मिकरानीले बताउनु भयाे ।
टाईफाईड खाेप सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख मान बहाुर खड्काकाे अध्यक्षता रहेकाे थियाे । उहाले यसअघि काेराेना भाईरस संक्रमण विरुद्दका अभियान सफल भएको बताउदै टाइफाइड विरुद्दकाे खाेप अभियान समेत सफल पार्न नगरपालिका सबै शक्ति लगाएर लागि पर्ने बताउनु भएकाे खाेप अभियानका संयाेजक नगर स्वास्थ्य शाखा संयाेजक मिकरानीले बताउनु भयाे । जिल्लाभर चैत २५ गतेबाट टाइफाइड विरुद्दकाे खाेप अभियान संचालन हुँदैछ ।