सरोकारवाला सडकमा ५०/१०० मा बिक्दा प्रयोजन विपरित सवारी साधनहरु सञ्चालन

532 Shares

यात्रु बाहक सवारीसाधनहरुले प्रयोजना विपरीत पशु चौपया बोक्ने गरेको पाईएको छ ।लालबन्दी,नवलपुर र हरिवन बजारबाट जनकपुरदेखि वीरगन्ज तथा नारायणघाट जाने र नारायणघाट,वीरगन्जबाट जनकपुर चल्ने यात्रुबाहक सवारीसाधनहरुले  खसी बाख्रा बोक्ने गरेका भए पनि सरोकारवाला निकाय नेपाल प्रहरी र ट्राफिक प्रहरी ५० र  सयमा रोडमै बिक्ने गरेका पाईएको छ ।
यो सडक खण्डमा यसरी सञ्चालन भएका सवारीसाधनहरुको स्थानीय पटक पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीलाई जानकारी गराउँदा पनि उनीहरु सडक मै रु ५०÷१०० मा बिक्ने र कुनै कार्बाही नगर्ने गरेका आशंकामा स्थानीय आफैँले ट्राफिक प्रहरीलाई ना ७ ख  ६३८ नम्बरको गैर जनकपुर चल्ने यात्रु बाहक बस रोकी चेक गर्न लाउँदा सो प्रमाणित भएको हो ।
हरिवन,नवलपुर र लालबन्दी बजारबाट विना भेटेरिनरी विल र प्रयोजना विपरीत खसी,बाख्रा लिएर जनकपुर तर्फ जाँदै गरेको अवस्थामा सो बसलाई स्थानीयले निगरानी गर्दै अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट फुलजोर पुगे र रोकपछि सो बसका सह चालक ले रु १०० लिएर आएपछि ट्राफिक प्रहरी सडक मै ५०/१०० मा बिक्दो रहेछ भन्ने प्रमाणित गरेको हो,तर सोमबार ट्राफिक प्रहरीले प्रयोजन विपरीत भन्दै जरिवाना गरेपनि भेटेरिनरी प्रमाण पत्र रहे नरहेको कसैले चासो नराखेका स्थानीयको भनाई छ ।यसबाट खसिबाख्राबाट पनि ट्राफिक प्रहरीले कमिसन लिन्छ भन्ने प्रमाणित भएको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार