पूर्व–पश्चिम रेलमार्ग अन्र्तगत सर्लाही खण्डको ९० प्रतिशत काम सम्पन्न

71 Shares

राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माणाधिन अवस्थामा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्गको सर्लाही खण्डको निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको छ।पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डको निर्माणको काम ९० प्रतिशत सकिएको मेनाे तथा मेट्राे रेल विकास आयाेजना रेल याेजना कार्यालय लालबन्दीका प्रमुख किरण कार्कीले बताए।

“जिल्लाको पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म करिब ३० किलोमिटर ट्र्याक निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।परियोजनाको जारी पहिलो चरणको काम अन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्ने सम्मको काम सम्पन्न हुन लागेको हो ।”उनले भने, चालु आर्थिक वर्ष २०८०/०८१ कोे अन्तिमसम्ममा ठेक्का अवधि समेत सकिने भएकाले ठेकेदार कम्पनीले काम तिब्रगतिमा गरि रहेको छ,भने सर्लाही खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको काम हुन नसकेको आयाेजना प्रमुख कार्कीले जनाएको छ ।

सागरनाथ वन विकास परियोजना र सव डिभिजन वन कार्यालय मूर्तियाको क्षेत्रमा रूख कटान नभएकाले ट्र्याक निर्माणको काम हुन नसकेको मेनाे तथा मेट्राे रेल विकास आयाेजना रेल याेजना कार्यालय लालबन्दीका सूचना अधिकारी एवम इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिए । उनका अनुसार हरिवन नगरपालिका ५ घुर्कौली क्षेत्रका केही किसानहरुले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन ।

“किसानहरुले जग्गाको मूल्यांकन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य रहेको हो ।”सूचना अधिकारी एवम इन्जिनियर यादवले बताए । सागरनाथ वन विकास परियोजना र सव डिभिजन वन कार्यालय मुर्तियाले ढिलो गरी रूख कटानको ठेक्का लगाएकाले सो खण्डमा समयमै काम हुन नसेको मेनाे तथा मेट्राे रेल विकास आयाेजना रेल याेजना कार्यालय लालबन्दीले जनाएको छ ।

कार्यालयका अनुसार आयोजना ठेक्का लागेको छ वर्ष भएपनि ९० प्रतिशत काम सकिएको र केही स्थानहरुमा मुआब्जा वितरण हुन नसकेको तथा पछिल्लो समय बजेट अभावले समेत कामले गतिलिन नपाएको हो ।आर्थिक वर्ष २०७४/०७५ मा ठेक्का लागेर आयोजनाको काम सुरु भएको भएपनि ठेकेदार कम्पनीलाई काम सम्पन्न भएको रकम समेत भुक्तानी दिन नसकेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार