Close This

दुई संस्थाद्धारा लालबन्दी नगरपालिलाई ६ थान पीपीई सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-४ गते   ६०१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकालाई दुई संस्थाले संयुक्त रुपमा ६ थान व्यक्तिगत सुरक्षा सामाग्री(पीपीई) सहयोग गरेका छन । लायन्स क्लब लालबन्दी सेन्चुरी र लायन्स क्लब लालबन्दी सिटिले लालबन्दी नगरपालिकालाई संयुक्त रुपमा ६ थान पीपीई सेट हस्तान्तरण गरेका हुन ।
कोरोना संक्रमित व्यक्ति नेपालमा पनि दिन प्रतिदिन बढेन थालेपछि लालबन्दी नगरपालिका पनि कोरोना संक्रमणको जोखिममा रहेको हुँदा यो संक्रमण बाट बच्न लायन्स क्लब लालबन्दी सेन्चुरी र लायन्स क्लब लालबन्दी सिटिको आर्थिक सहयोगमा नगरपालिकालाई पीपीई हस्तान्तरण गरिएको लायन्स क्लब लालबन्दी सेन्चुरीका सचिव मोहन राउतले जानकारी दिनुभयो ।
नगर प्रमुख मानबहादुर खड्का ,उप–प्रमुख शान्ती कुमारी लामा र स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र कुमार खतिवडाको उपस्थितिमा लायन्स क्लब लालबन्दी सेन्चुरीका अध्यक्ष साकार शर्मा र लायन्स क्लब लालबन्दी सिटिका भुतपूर्व अध्यक्ष दिपेन्द्र अधिकारीले संयुक्त रुपमा उक्त पीपीई हस्तान्तरण गर्नु भएको सचिव राउतले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech