हरिवन ५ का अपाङ्ग तथा विपन्न पाख्रिङलाई वडा कार्यालयद्वारा आवास निमार्ण गरि हस्तान्तरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-२७ गते   ४८७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ५ का अपाङ्ग र विपन्न एक परिवारलाई आवास प्राप्त भएको छ । हरिवन नगरपालिका ५ का अपाङ्ग तथा अति विपन्न दाेर्जे बहादुर पाख्रिङलाई वडा कार्यालयले आवास निर्माण गरि हस्तान्तरण गरेकाे हाे । 
नेपालकाे संविधानकाे हरेक नेपाली एक घर अवधारणा अनुसार  आफ्नाे घर बनाउन नसक्ने विपन्न पाख्रिङलाई वडाले रु ४ लाख ५० हजारकाे लागतमा २ काेठा र शाैचालय सहितकाे आवास निर्माण गरि शुक्रबार  हस्तान्तरण गरिएकाे हरिवन नगरपालिका ५ का वडा अध्यक्ष नागेन्द्र कुमार साहले जानकारी दिनु भयाे । उहाँका अनुसार हरिवन नगरपालिका ५ प्रगति टाेलका पाख्रिङ अपाङ्ग रहेका र उनकाे परिवारकाे आर्थिक अवस्था पनि कमजाेर रहेकाे र शारीरिक रुपमा पनि अशक्त रहेका कारण उनलाई वडा कार्यालयले आवास निर्माण गरि हस्तान्तरण गरेकाे हाे ।
 शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि  पाख्रिङकी श्रीमती राधिका याेन्जनलाई आवास हस्तान्तरण गरि गृह प्रवेश गराएकाे वडा अध्यक्ष साहले बताउनु भयाे । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु तथा स्थानियकाे उपस्थिति रहेकाे थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech