नेपाल कराँते महासंघ मधेश प्रदेशका नव निर्वाचित पदाधिकारीहरु सम्मानित

921 Shares

शंखर पहाडी(गौरब)
नेपाल सितारियो कराँते संघ महोतरीले ५ जनालाई सम्मान गरेको छ ।  नेपाल कराँते महासंघ  मधेश प्रदेशको फागुन २० गते भएको भेलाबाट चयन भएका ५ जना पदाधिकारीहरुलाई सम्मान गरिएको नेपाल सितारियो कराँते संघ महोतरीका अध्यक्ष देव कुमार लामाले जानकारी दिए ।


महोतरी क्षेत्र नम्बर १ प्रदेश सभा (क) कि प्रदेश सभा सदस्य शारदा देवी थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल कराँते महासंघ मधेश प्रदेश समितिका  अध्यक्ष,वरिष्ठ  उपा अध्यक्ष,उपा अध्यक्ष,सचिव र कोषाअध्यक्ष  गरि ५ जना नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ।


सम्मानित हुनेमा नेपाल कराँते महासंघ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष राम चन्द्र ठाकुर,वरिष्ठ उपा अध्यक्ष अशोक कुमार पहाडी,उपा अध्यक्ष जिवछ भगत,सचिव कसम लामा र कोषाअध्यक्ष पाल्छाङ योन्जन रहेका छन् ।नव निर्वाचित पदाधिकारीहरुलाइ महोतरी क्षेत्र नम्बर १ प्रदेश सभा (क) कि प्रदेश सभा सदस्य थापाले सम्मान पत्रका साथ सम्मान गरेकी नेपाल सितारियो कराँते संघ महोतरीका सचिव जीवन कुमार लामाले जानकारी दिए ।

सम्बन्धित समाचार