३५ जना भन्दा धेरै विद्यार्थी र एक शिक्षकलाई घारेले टोक्यो,केही विद्यार्थी बिरामी

477 Shares

सर्लाहीको हरिवन नगरपालिका २ अत्रौली स्थित रहेको रामअवतार जनता माविमा पढ्न गएका ३५ जना भन्दा विद्यार्थीहरु घारे माहुरीको टोकाइबाट बिरामी परेका छन्।सोमबार बिहान कोचिङ पढ्न गएका ३५ जना भन्दा बढी विद्यार्थीहरुलाई घारे माहुरीले टोकेको हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन योञ्जनले जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान कोचिङ पढ्न आएका ३५ जना भन्दा बढी विद्यार्थीहरुका साथै सोही विद्यालयका शिक्षक वसन्त घिसिङलाई घार माहुरीेले टोकेको हो ।“विद्यालय नजिकै रहेको वरको रुखमा बसेको घारे माहुरीले विद्यार्थीहरुलाई टोक्दा भागाभागको अवस्था सिर्जना भएको”डिल्ली प्रसाद  मैनालीले बताए । उनका अनुसार“३५ जना भन्दा धेरै विद्यार्थीहरु र एकजना शिक्षकलाई घारे माहुरीले टोक्दा केही विद्यार्थीहरु बिरामी परेका हुन ।”विद्यालय परिसरमा घारे माहुरी आतंक फैलिएपछि सोमबार विद्यालयमा पठनपाठन नै बन्द गरिएको रामअवतार जनता माविका प्रधानाध्यापक निरन्जन कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार