वातावरण दिवशको अवसरमा चित्रकला प्रतियोगीता

1k Shares

 विश्व वातावरण दिवशको अवसरमा सर्लाहीको बागमतीका सामुदायिक विद्यालयहरुले चित्रकला प्रतियोगीताको आयोजना गरेका छन् । बागमतीका सामुदायिक विद्यालयहरुले ‘डिस पोज प्लास्टिक पोलुसन’ भन्ने मुल नाराका साथ चित्रकला प्रतियोगिता गरेर दिवस मनाएका बागमती नगरपालिकाका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार बागमती नगरपालिकाले नगर भित्रका सबै २५ वटै सामुदायिक विद्यालयहरुका कक्षा ५ सम्म अध्यायनरत बालबालिकाहरुलाई प्रतियोगितामा सहभागि गराइएको हो ।
विश्व वातावरण दिवशको अवसरमार आयोजीक प्रतियोगीतामा नगरका २५ सामुदायीक विद्यलयका ५० जना छात्राछात्रहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा जनज्योति आधारभुत विद्यालय जियाजोरका अभिनास सिंह प्रथम,जन बालकल्याण माद्यामिक विद्यालयका प्रतिक मोक्तान द्धितिय र जन कल्याण आधारभुत विद्यालय धरहराका पुरुषोत्तम बम्जन तृतिय भएका नगर शिक्षा शाखाले जनाएको छ ।
बामगती नगरपालिकाको शिक्षा शाखा संयोजक राजकुमार विश्वकर्माको अध्यक्षता एवम मा बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा शिक्षा शाखा प्रमुख उपाध्याय, लगायत शिक्षक तथा विद्यार्थीहरुको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार