शसस्त्र प्रहरीद्वारा ठुलाे मात्रामा प्रतिवन्धित लागू औषध गाँजा बरामद्

804 Shares

शंखर पहाडी(गाैरब)
 सर्लाहीकाे मलंगवा नगरपालिका 9 स्थित सीमा क्षेत्रबाट शसस्त्र प्रहरीले ठुलाे मात्रामा लागू औषध गाँजा बरामद् गरेकाे छ ।
 शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे. क्वा गण सर्लाही  र शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको शसस्त्र प्रहरीको  गस्ती टोलीले मलंगवा नगरपालिका ९ स्थित नेपाल भारत सिमाक्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजा एक सय 66 किलाे बरामद् गरेको शसस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नेपालबाट भारततर्फ लैजाने क्रममा शसस्त्र प्रहरीको  डिउटी टोलीलाई देखि सीमा क्षेत्रमा  लागू औषध गाँजा छाडी तस्करहरु भागेका छन् । 
नियन्त्रणमा लिएको प्रतिवन्धित लागू औषध गाँजा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय, सर्लाही बुझाईएको शसस्त्र प्रहरीले जनाएको  छ।

सम्बन्धित समाचार