लालबन्दीको बजेट साढे एक अर्ब भन्दा बढी

271 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले  आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु एक अर्ब ५० करोड ४० लाख ४५ हजार दुई सय २७ बराबरको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेको छ। लालबन्दी नगरपालिकाको १४ औँ अधिवेशनमा नगर उप  प्रमुख कल्पनामाया पाख्रिनले नगर सभामा आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि कुल रु एक अर्ब ५० करोड ४० लाख ४५ हजार दुई सय २७ बराबरको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेकी हुन ।
सर्लाहीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम अनुसार लालबन्दी नगरपालिकाले नगरको पहिलो पञ्चवर्षिय आवधिक योजनालाई मध्यनजर गर्दै वजेटलाई यथार्थपरक वनाउने,स्रोतको सन्तुलित वितरण गर्ने,पूर्वाधार क्षेत्रमा वडा नगर साझेदारी कार्यक्रम प्रवद्र्धन गरी नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्न सक्ने,स्वास्थ्य क्षेत्र सुधार,सामुदायिक शिक्षाको गुणस्तर अभिबृद्धि,कृषि तथा पशुपन्छी क्षेत्रको विकास,खेलकुद,खानेपानी तथा सरसफाई,सडक,ढल संरचना,पर्यटन पुर्वाधार निर्माण,सिँचाई र सिमान्तकृत तथा लक्षि समुदायलाई सिप विकासको माध्यमबाट स्वरोजगार बनाउने बजेटको प्राथमिकता रहेको छ।
त्यस्तै,लक्ष्य र तथ्यमा आधारित विकास कार्यक्रम तर्जुमा गर्दै सूचना प्राविधिको अधिकतम प्रयोग मार्फत सुशासन अभिबृद्धि गर्ने र उत्पादनशिल क्षेत्रलाई प्राथमिकता दिई आत्मनिर्भर वनाउने तर्फ आगामी आर्थिक वर्ष आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले समेटेको उल्लेख गरिएको छ ।
देशभरी कै सबैभन्दा धेरै ११ नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह रहेको सर्लाहीको पर्सा गाउँपालिका बाहेक १९ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० भित्र आ–आफ्नो पालिकाको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार सर्लाहीका २० मध्य १९ वटा पालिकाहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन ।
असार १० गतेभित्र नगर तथा गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्ने व्यवस्था अनुसार सर्लाहीका १९ वटा स्थानीय तहहरुमा सौर्हादतापुर्ण रुपमा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ।त्यसैक्रममा लालबन्दी नगरपालिकाले पनि १४ औँ अधिवेशन मार्फत वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो ।
सिङ्गोे मुलुकको अर्थतन्त्र नै शिथिल रहेको अवस्थामा नगरको आन्तरिक अर्थतन्त्र समेत झनै कमजोर बनेको विद्यमान चुनौतिपूर्ण अवस्थालाई चिर्दै सिमित श्रोत साधनको मितव्ययी प्रयोगबाट असिमित आवश्यक्ताहरुको सम्बोधन गर्नको लागि आन्तरिक राजश्वका स्रोतको पहिचान र विस्तार गरी नागरिक मैत्री राजश्व प्रणालीको विकास गर्न तथा सो मार्फत सबै विषय क्षेत्रको सन्तुलित प्रबन्ध मिलाई नागरिकका अपेक्षा र नगरका प्राथमिकतामा आगामी बजेटमा मुखरित गर्ने प्रयत्न गरिएको नगर उप प्रमुख पाख्रिनले बताईन् ।
उनका अनुसार चालु आर्थिक वर्षको रु एक अर्ब रु १६ करोड ५९ लाख १३ हजारको अनुमानित आय मध्य हाल सम्म रु ९६ करोड ६२ लाख २३ हजार ४४ प्राप्त भई कुल अनुमान को ८२.८७ प्रतिशत आम्दानी प्राप्त भएको छ।खर्च तर्फ रु ७१ करोड ४३ लाख ६८ हजार पाँच सय ६३ खर्च भई ६१.२७ प्रतिशत खर्च प्रगति भएको छ।चालु खर्च तर्फ विनियोजित रु ६० करोड ९३ लाख ६७ हजार नौ सय ८९ मध्ये रु ४२ करोड ८३ लाख ३५ हजार सात सय ४१ खर्च भई कुल अनुमानको ७०.२९ प्रतिशत र पूजिगत तर्फ विनियोजित रु ५५ करोड ६५ लाख ४५ हजार ११ मध्ये रु २८ करोड ६० लाख ३२ हजार आठ सय २२ खर्च भई ५१.३९ प्रतिशत प्रगति हालसम्म भएको नगर उप प्रमुख पाख्रिनले बताईन् ।चालु आर्थिक वर्षको असार मसान्त सम्मै आम्दानी र बजेट खर्च हुने क्रम जारी रहने हुँदा आम्दानी र खर्चको प्रतिशत केही बढने निश्चित रहेको लालबन्दी नगरपालिकाले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटले विकासको मूल आधार वडा लाईनै बनाउने प्रयत्न गरेको छ।विकास बजेटको अधिकांश हिस्सा वडा स्तरमै खर्च गर्ने गरी वडा तहमा पठाइएको छ। वडा तहको पूर्वाधार विकासका लागि रु. १० करोड ४९ लाख ७२ हजार पाँच सय र नगरस्तरीय विषयक्षेत्रगत आर्थिक विकास,सामाजिक विकास,पूर्वाधार विकास,वन,वातावरण र विपद् व्यवस्थापन,संस्थागत विकास एवम सुशासन र वडा नगर साझेदारी पूर्वाधार विकास कार्यक्रम तर्फ रु.१० करोड, ४९ लाख ७२ हजार सात सय २७ बजेट विनियोजन गरिएको छ।वडा नगर साझेदारी पूर्वाधार विकास कार्यक्रम प्रति वडा रु २० लाखका दरले र सोमा नगरबाट रु २० लाख थप गरी एक वडामा जम्मा रु ४० लाखको एक वडा एक ठुला पूर्वाधार विकास कार्यक्रम प्राथमिकतामा राखिएको नगर प्रमुख बासुदेव अधिकारीले बताए ।उनका अनुसार वडा नगर साझेदारीको लागि नगरबाट रु. तीन करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

सम्बन्धित समाचार