पालिका अस्पताल मरिणमा डिजिटल एक्स रे मेसिन जडान

339 Shares

सिन्धुलीको मरिण गाउँपालिका स्थित पालिका हस्पिटलमा डिजिटल एक्स रे मेसिन थपिएको छ।पन्चधुरा सर्जिकल कम्पनी बर्दिबास महोत्तरीले रु २६ लाखको डिजिटल एक्स रे मेसिन उपलब्ध गराएपछी सो सुबिधा शुरु हुने निश्चित भएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए ।उनका अनुसार मेसिन खरिद गर्न अघिल्लो आर्थिक वर्ष मै बजेट छुट्याइएको भएपनी प्रकृयागत समस्या र प्राविधिक कारणले डिजिटल एक्स रे मेसिन ल्याउन ढिलो भएको थियो ।
पाँच शैयाको हस्पिटलले अहिले १५ शैयाको स्वीकृति पाएर नयाँ भवन पनि बन्दै गरेकोले सुविधा थप्न लागिएको अध्यक्ष मोक्तानले बताए।“अस्पतालले मरिण गाउँपालिकासँगै हरिहरपुर, घ्याङ्गलेख र मरिण गाउँपालिकाको सिमासंगै जोडिएको कमलामाई नगरपालिकाका सेवाग्राहीहरुलाई सुविधा उपलब्ध गराउदै आएकोले स्वास्थ्यमा विशेष लगानी गर्नुपरेको हो।”गाउंपालिकाका अध्यक्ष मोक्तानले बताए ।
यस अघिको म्यानुअल एक्स रे मेसिनले स्पष्ट नतिजा नदिने तथा समय पनि धेरै लाग्ने गरेको अस्पताल प्रमुख डा.महेश कुमार श्रेष्ठले बताए।“अहिलेपनी दैनिक १० देखि १५ जनालाई एक्स रे गराउदै आएका छौं म्यानुअल मेसिनले धेरै समस्या दिदै आएको छ अब नयाँ डिजिटल मेसिन शुरु भएसंगै एक्स रे को लागि पालिका बाहिर जानू पर्ने अवस्थाको अन्त्य गरेको छ ।”डा.श्रेष्ठले बताए।अब एक साताबाट मेसिन सञ्चालन आउने असपताल प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार