लालबन्दी नगरपालिकाको अक्सिजन सहितको आफ्नै कोरोना अस्पताल

4.7k Shares

 कोरोना संक्रमितहरुको संख्या बढीरहेका समयमा संक्रमितको उपचारका लागि लालबन्दी नगरपालिकाले आफ्नै अस्थायी कोभिड अस्पताल सञ्चालन गरेर कोभिड संक्रमितहरुको उपचार गरिरहेको छ । 
कोभिड–१९ को दोश्रो लहर दिनप्रतिदिन बढी रहेको समयमा नगरपालिकाले लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीको एक भवनलाई अस्थायी कोभिड अस्पताल बनाएर अक्सीजन सहितकोसेवा सहित सञ्चालन गरि रहेको छ ।
२० शैयाको अक्सिजन सहितको अस्पतालमा नगरपालिका भित्रका कोरोना संक्रमितहरुको उपचार भई रहेको नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र कुमार खतिवडाले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीको एक खाली भवनलाई नगरपालिकाले कोभिड अस्थायी अस्पताल बनाएर सञ्चालन गरेको हो । अस्पतालमा  दक्ष चिकित्सक,नर्स र प्राविधिक जनशत्तिको पनि नगरपालिकाले व्यवस्था गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
अस्पतालमा  १० वटा अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको छ । भने आवश्यक स्वास्थ्य सामाग्रीहरु नगरपालिका तथा सहयोगी दाताहरुबाट प्राप्त भएको प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा.प्रगती राना मगरले जानकारी दिनु भयो । अस्थायी कोभिड अस्पतालमा हाल ४÷५ जनाको उपचार भईरहेको उहाँले बताउनु भयो । 
अहिलेसम्म अस्थायी कोभिड अस्पतालमा उपचार गराएकाहरुलाई अन्यन्त्र थप उपचारको लागि पठाउनु नपरेको अस्पतालका व्यावस्थापक राज कुमार सिंहले बताउनु भयो । चार जना एमबिबिएस चिकित्सकहरु रहेको जिल्लाकै नमुना यस प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल सञ्चालन भएपछि संक्रमित नगरबासीलाई टाढा जानु पर्ने बाध्यता हटेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार