गोडैता नगरपालिकामा महिला शिक्षिकाहरुलाई सेनेटेरी प्याड निर्माण तालिम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-३० गते   २९२ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिकाले महिला शिक्षिकाहरुलाई पुन प्रयोग गर्न मिल्ने सेनेटेरी प्याड निर्माण सम्बन्धि ३ दिने तालिम दिईएको छ । गौडैता नगरपालिकाका ९ वटै वडाका सामुदायिक विद्यालयहरुका महिला शिक्षिकाहरुलाई पुन प्रयोग गर्न मिल्ने सेनेटेरी प्याड निर्माण सम्बन्धि ३ दिने तालिम दिईएको हो । 
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके)को आयोजनामा गेडैता नगरपालिका ६ बगदह फतेपुर स्थित रामजानकी आधारभूत विद्यालयमा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम दिईएको आयोजकले जनाएको छ ।                     गौडेता नगरपालिकामा संचालित समुन्नति कार्यक्रम अन्तर्गत विद्यालय स्वास्थ्य पोषण कार्यक्रममा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम, विद्यालयमा अध्ययनरत छात्राहरुको प्रजनन्, महिनावारी स्वास्थ्य तथा महिनावारी स्वच्छता व्यवस्थापनलाई सहयोग पुयाउने उदेश्यले नगरपालिका भरीका महिला शिक्षिकाहरुलाई ३ दिने महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम दिईएको आयोजक संस्थाकी अध्यक्ष गायत्री देवीले बताउनु भयो ।
स्थानिय स्तरमा सेनेटरी प्याड प्रयोग सम्बन्धि प्रयोगमा चेतनाको अभाव र आर्थिक भारका कारण विपन्न परिवारका महिला तथा किशोरीहरु महिनावारीको समयमा फोहोर कपडाको प्रयोग गर्न बाध्य भएका थिए । तालिम पछि शिक्षिकाहरुले आआफनो विद्यालयका किशोरीहरुका लागि सेकेटरी प्याड निर्माण तथा प्रजनन् स्वास्थ्य सम्बन्धि शिक्षा दिने आयोजकले विश्वास गरेको छ ।
यसबाट गरिब तथा विपन्न परिवारका किशोरी प्रत्यक्ष लाभान्वित हुने र  किशोरीहरुले विद्यालयमा सिकेका सिप घरमा प्रयोग गर्दा स्थानिय महिलाहरु समेत राहत पुग्ने आयोजकको भनाई छ ।
तालिममा पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड निमार्ण गर्ने तरीका तथा विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विषयहरुका विषयमा सहभागीहरुलाइृ सिकाइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिममा सिकेका सिपबाट विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि पुन प्रयोग गर्न सकिने सेनेटेरी प्याड निर्माण गरिने र प्रयोग कसरी गर्ने भन्ने सिकाइएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech