514
Shares
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ।मंगलबार(आज) बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुई र हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर रु एक र अन्तर्राष्ट्रिय तर्फ प्रतिकिलो लिटर अमेरिकी डलर सातले वृद्धि गरेको हो ।
नयाँ मूल्य सूची बुधबार(भोली) बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ।निगमका अनुसार पेट्रोल र एल.पि.ग्यासको बिक्री मूल्य यावत रहेको छ ।इण्डियन आयल कर्पोरेशनबाट मंगलबार(आज)पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो ।