जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्कालाई जनता समाजवादी पार्टी(जसपा)नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले फोन मार्फत धम्की दिएपछि उनलाई पक्राउ गर्न गएको प्रहरीको गाडी तोडफोड भएको छ।पूर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीमा विवाद भएपछि सुरक्षा माग गरिए बमोजिम जिल्ला प्रहरी कार्यालय सर्लाहीले सुरक्षा व्यवस्था गरेपछि सोही विषयलाई लिएर जसपा नेपाल मधेश प्रदेश अध्यक्ष एवम एवम निवर्तमान प्रदेश सभा सदस्य यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक खड्कालाई फोन मार्फत धम्की दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार जसपा नेपाल मधेश प्रदेश अध्यक्ष एवम एवम निवर्तमान प्रदेश सभा सदस्य यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक खड्कालाई फोन गरी धम्की दिएपछि भएको विवाद पछि उनलाई नियन्त्रणमा लिन गएको प्रहरी नायव उपरिक्षक सरोज राईको गाडी तोडफोड गरिएको छ ।प्रहरीको टोलीले जसपा नेपाल मधेश प्रदेश अध्यक्ष एवम एवम निवर्तमान प्रदेश सभा सदस्य यादवको घरमा छापा मारेर पक्राउ गर्न खोजेपछि स्थानीयलाई प्रयोग गरी प्रहरीमाथि ढुंगामुढा प्रहार गरिएको थियो।
जसपा नेपाल मधेश प्रदेश अध्यक्ष एवम एवम निवर्तमान प्रदेश सभा सदस्य यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक खड्कालाई कमीसन खान मधेशमा आएको आरोप लगाएपछि विवाद चर्किएको अडियो नै सार्वजनिक भएको छ।राति प्रहरी पठाएर कमीसन लिने गरेको प्रहरी उपरिक्षक खड्कामाथि अध्यक्ष यादवले आरोप लगाए पछि चर्किएको विवादले उग्र रूप लिएको छ।प्रहरी उपरिक्षक खड्काले त्यहाँबाट फोन आएपछि प्रहरी पठाइएको बताइरहँदा पनि अध्यक्ष यादवले प्रहरी उपरिक्षक खड्कामाथि मधेशमा लुट्न आएको र कमीसन लिन आएको आरोप लगाइरहेको अडियोमा सुन्न सकिन्छ।
पूर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीका प्रमुख विजय यादव चन्द्रपुरनिगाहापुरमा डेरा लिएर बस्ने गरेको तथा दिउँसो कार्यालय नआउने र राति आएर कमीसन दिनका लागि चेक काट्ने र अन्यलाई खाता खोल्न मै समस्या बनाउने गरेको अध्यक्ष यादवको आरोप छ।
बाहिर प्रहरी राखेर कार्यालयको ढोका भित्रबाट बन्द गरी राति मात्र चेक काट्ने गरेको आरोप पूर्वाधार विकास कार्यालय माथि रहेको छ।असार मसान्त आउन लागेकाले दिनभर र रातभर काम गरेर भए पनि फाइल हेरेर काम गर्नु परिरहेको पूर्वाधार विकास कार्यालय मलंगवाका प्रमुख यादवले बताए। तर पूर्वाधार विकास कार्यालय मलंगवाका प्रमुख यादवले विज्ञापन प्रकाशन गर्दापनि चर्काे कमिसन माग्ने गरेका पाइएको छ ।मधेश प्रदेश सरकारले महेन्द्र नारायण निधि आवासको कार्यक्रम मार्फत अगर्वा र सलेमपुर गाउँमा निर्माण गरिएको घरको भुक्तानीको विषयमा विवाद चर्किएको बुझिएको छ ।
त्यस्तै,प्रहरी उपरिक्षक खड्कालाई फोन मार्फत धम्की दिने जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष यादवका विरुद्ध पक्राउ पुर्जी जारी गरि उनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि यादवलाई नियन्त्रणमा लिन जिल्लाभर एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिटलाई सतर्क र उच्च निगरानीमा राखिएको र जहाँ देखिए पनि यादवलाई तत्काल पक्राउ गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।सम्भावित स्थानहरूमा निगरानी तीव्र पारिएको छ भने विभिन्न युनिटबाट थप प्रहरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तयारी अवस्थामा राखिएको छ।बिहीबार राति जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक खड्का बीचको गालीगलौजको अडियो सार्वजनिक भएपछि अवस्था चर्किएको छ।यादवले जिल्लामा विगत केही वर्षदेखि जिल्लामा दादागिरी गर्दै आएका केही राजनीतिक दलका नेताहरु बताउँछन् ।
यता,जसपा नेपाल मधेश प्रदेश अध्यक्ष यादवले आफूमाथि षडयन्त्र भएको बताएका छन् ।सर्लाही जिल्ला अदालत मलंगवाले अपराधी उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि अध्यक्ष यादवको उक्त प्रतिकृया दिएका हुन ।उनले पक्राउ पुर्जी जारी भएको बारे आफूलाई जानकारी रहेको बताउँदै जनताको आवाज उठाउनेलाई फसाउन खोजेको दाबी गरे।“म विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा म डराएको छैन।म पक्राउका लागि पनि तयार छु।यसबाट मलाई कुनै क्षति हुँदैन।”अध्यक्ष यादवले बताए ।
के छ जसपा मधेश अध्यक्ष यादवको विगतका मुद्धा
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक एवम खड्कालाई अपशब्द प्रयोग गरेपछि पक्राउ पुर्जी जारी भएका जसपा मधेस प्रदेश अध्यक्ष यादवको लामो आपराधिक पृष्ठभूमि रहेको खुलेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको विवरण अनुसार,जसपा मधेशका अध्यक्ष जसपा मधेशका अध्यक्ष यादव पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएको देखिएको हो।प्रहरीले दिएको अनुसार जसपा मधेशका अध्यक्ष यादवमाथि चोरी,अभद्र व्यवहार र ज्यान मार्ने उद्योग जस्ता गम्भीर आपराधिक नौ वटा मुद्दा दर्ता छन् ।
२०५७ पुस ८ गते मलंगवा नगरपालिका १० स्थित जिल्ला कृषि विकास कार्यालयमा कार्यरत नथुनी साहमाथि गालीगलौज र हातपात गरेका,२०६६ असोज १० गते सलेमपुरमा जिल्ला शिक्षा कार्यालयको गाडी रोकी,सिसा फुटाई रु एक लाख ५० हजार चार सय नगद लुटेको,२०७२ पुस ५ गते जिल्ला प्रशासन कार्यालय,सर्लाहीको नागरिकता तथा राहदानी फाँटका कम्प्युटर,प्रिन्टर तोडफोड र कर्मचारीमाथि हुलहुज्जत गरी अभद्र व्यवहार गरेको,२०७२ फागुन ५ गते मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको,२०७३ साउन १३ गते सिँचाइ विकास डिभिजन कार्यालय,सर्लाहीका कर्मचारीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको,२०७३ मंसिर २९ गते सलेमपुरमा प्रहरी चेकजाँचमा अवरोध, गालीगलौज र हातपातको प्रयास गरेको साथै २०७७ जेठ २७ गते चक्रघट्टामा सडक जग्गा सम्बन्धी विवादमा राज नारायण रायमाथि कुटपिट गरेको विषयमा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा दर्ता भएको छ ।
पछिल्लो समयमा २०८२ असार १९ गते राती जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक एवम खड्कालाई फोनमार्फत“अपशब्द”प्रयोग गरेको घटनामा जसपा मधेशका अध्यक्ष यादवविरुद्ध सर्लाही जिल्ला अदालतबाट शुक्रबार आपराधिक उपद्रव सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ।
बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक एवम खड्का र जसपा मधेशका अध्यक्ष यादव विचको फोन सम्वादमा जसपा मधेशका अध्यक्ष यादवले गालीगलौज गरेका अडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।पुर्वाधार विकास कार्यालय सर्लाहीले असार १३ गते शान्ति सुरक्षाको प्रबन्ध गर्न भन्दै प्रहरीमा निवेदन दिएका र सोही निवेदन अनुसार प्रहरीले सुरक्षा दिँदा यो विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार त्यसपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादवलाई नियन्त्रणमा लिन उनको गाउँ कबिलासी नगरपालिका १० मा प्रहरी पठाउँदा प्रहरी र स्थानीयबिच झडप भएको थियो।स्थानीयले प्रहार गरेको ढुङ्गा मुढाबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको ना १ झ १२८१ नम्बरको गाडीमा क्षति पुगेको छ।