रौतहटका विभिन्न स्थानमा चैत्र महिनामा एक सय १४ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।पूर्व पश्चीम राजमार्ग सहित विभिन्न भित्री हुलाकी सडक खण्डहरुमा एक सय १४ वटा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक सय ७८ जना घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख एवम प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।
उनका अनुसार चैत्र महिनामा मात्रै एक हजार एक सय १० वटा कार्बाही हुँदा रु ११ लाख ५३ हजार पाँच सय राजश्व संकलन भएको छ।पाँच सय ९५ वटा ट्रक,दुई वटा बस,६९ वटा कार÷जिप÷भ्यानका साथै २५ वटा ट्याक्टर,तीन सय ४८ वटा मोटरसाईकल र ७१ वटा अटो÷मयुरी गरी कुल एक हजार एक सय १० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु ११ लाख ५३ हजार पाँच सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ ।
कार्यालयका अनुसार एक सय ३४ वटा माद्यक पदार्थ सेवनलाई कार्बाही गरिएको छ भने चार सय ३९ वटा जनचेतनामूलक कार्यक्रम गर्दा १७ हजार एक सय पाँच जना लाभान्वित भएका छन् ।फागुनमा भन्दा चैत कारबाही संख्या वृद्धि भएको र सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या फागुन महिना भन्दा चैत महिनामा कमी आएको छ कार्यालयले जनाएको छ ।जिल्लाका मुख्य राजमार्गका साथै अन्य भित्रि सडक खण्डहरुमा पछिल्लो समय रौतहट ट्राफिकले आफ्ना गतिविधिहरुलाई तिब्र रुपमा सञ्चालन गरि रहेका कारण सवारी दुर्घटनाका गतिविधिहरु कम हुँदै गएका स्थानीय जानकारहरु बताउँछन् ।