नवनियुक्त विना विभागिय मन्त्री रायलाई कांग्रेस सर्लाहीको सम्मान

252 Shares

मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री जंगिलाल रायलाई नेपाली कांग्रेस सर्लाहीले सम्मान गरेको छ ।सर्लाहीकै कविलासी नगरपालिका १० सलेमपुर निवासी रायलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले सर्लाही सदरमुकाम मलंगवामा सम्मान गरेको नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बम्जनले जानकारी दिईन् । सर्लाहीको क्षेत्र नं. २ (क) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित राय आईतबार मात्रै मधेश सरकारको विना विभागीय मन्त्रीमा नियुक्त भएका छन् । 
बुधबार नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिएपछि रायलाई मन्त्रालयको जिम्मेवारी तोकिने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।नवनियुक्त मन्त्री रायलाई कांग्रेस मधेश प्रदेशका उपसभापति एवम प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिंह,नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार,पूर्व जिल्ला सभापतिहरु सुरेन्द्र प्रसाद सिंह,नागेन्द्र कुमार राय र पूर्व मन्त्री शम्भुलाल श्रेष्ठलगायतका नेताहरुले जिल्ला पार्टी कार्यालय मलंगवामा सम्मान गरेका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार