स्व.यादवको २९ औँ स्मृति दिवश सर्लाहीमा पनि मनाईयो

502 Shares

नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटि सदस्य प्रह्लाद कुमार बुढाथोकीले आजको व्यावस्था आउनुमा शदिहहरुको महत्वपुर्ण भूमिका रहेको बताएका छन् ।उनले जनयुद्धको दौरान सुरु हुने चरणमा तत्कालीन पार्टीका केन्द्रीय सदस्य रामवृक्ष यादवले शहादत प्राप्त गरेका बताउँदै उनको सपना र अपेक्षा पुरा हुने चरणमा रहेको बताए ।
नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा भएको स्व.रामवृक्ष यादवको २९ औँ स्मृती दिवशको अवसरमा सर्लाहीको हरिवन आएका माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बुढाथोकीले यस्तो बताएका छन् ।१० वर्षे महान जनयुद्धको जगबाट प्राप्त भएको संविधान सहित रुपान्तरीत समाजको परिकल्पना पुरा हुने चरणका रहेकाले यतिबेला यो व्यावस्था नचाहनेहरुले अनेकन गलत प्रचारबाजी र षडयन्त्र रचेका साथै नेपाली जनातालाई भ्रममा पार्ने काम गर्न सुरु गरेका समेत माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बुढाथोकीले बताए ।
गणतन्त्रात्मक नेपालमा सबै नेपाली जनताको समान सहभागीता रहने संविधान निर्माण भएको र सबै नेपाली मिलेर बसेको फुलवारी बनाउने काममा माओवादी केन्द्रले महत्वपुर्ण भूमिका खेलेको भएपनि विजातीय तत्वहरु,यथास्थितिवादीहरु,तानाशाहीहरु,शोसक सामन्तवादीहरु र नेपाली जनतालाई अधिकारबाट बञ्चित गराइ राख्ने दलालहरु सक्रिय रहेका कारण अब नेपाली जनताले राजनैतिक उपलब्धी र संघिय लेकतान्त्रीक गणतन्त्रात्मक मुलुक पाएर मात्रै नभई समाजवाद साम्यवाद पाउने यात्रामा विचलित नभई नेपाली जनता एक भएर लाग्नु पर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बुढाथोकीले दाबी गरे ।
२०५१ साल भदौ १ गते जनकपुरको नेपाल बन्दको कार्यक्रम र छलफल सकेर हिडेका यादवमाथी भदौ २ गते पञ्चे तथा तत्कालीन सत्तासिन दलबाट आक्रमण भएको सम्झीँदै परिवर्तन नचाहनेहरु,रुपान्तरीत समाज नचाहनेहरु,प्रक्रियावादीहरु हालपनि केही हदसमम सक्रिय रहेका कारण सर्तक रहेर नेपाली जनताले चाहेको समाजवाद,साम्यवाद ल्याउनमा सबै नेपाली जनता माओवादी केन्द्रमा एकठिक्का भएर लाग्नु पर्ने अवस्था आएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम सर्लाहीका सह ईन्चार्ज लुमणी धिताल(लोचन)ले बताए ।उनले माओवादी केन्द्र र नेपाली जनताले चाहेको समाजवाद,साम्यावाद ल्याउने यात्राको तरागो यथास्थितिवादीहरु,प्रतिक्रियावादीहरु र तीनै विजातीय तत्वहरु,यथास्थितिवादीहरु,तानाशाहीहरु,शोसक सामन्तवादीहरु सक्रिय रहेका बताए ।
स्व.यादवको २९ औँ स्मृती दिवशको अवसरमा  हरिवनमा आयोजना गरिएको कार्यक्रममा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य अच्युतम काफ्ले,केन्द्रीय सदस्य सावित्रि बुढाथोकी,निवर्तमान सांसद हलिया खातुन,माओवादी केन्द्र बागमतीका अध्यक्ष कुमार तुम्सीङ,हरिवनका अध्यक्ष अर्जून पन्त,लालबन्दीका अध्यक्ष लेखराम जर्घा अर्जुन,हरिपुर्वा अध्यक्ष दिनेश पंजियार,गोडैताका अध्यक्ष उत्तिमलाल महतो,बलराका अध्यक्ष रामबाबु दास,मलंगवाका अध्यक्षलक्ष्मी नारायण,इश्वरपुरका अध्यक्षनरेश महतो,राष्ट्रिय भूमि आयोग सर्लाहीका अध्यक्ष  चन्द्र वाग्ले,निर्मल लामा प्रतिष्ठान सर्लाही शाखाका अध्यक्ष ज्ञान बहादुर थापा,माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड यसनियन महासंघ नेपालका केन्द्रीय सदस्य एवम सर्लाही इन्चार्ज युवराज लुईटेल,माओवादी केन्द्र निकट  थारुवान राष्ट्रिय मुत्ति मोर्चाका केन्द्रीय सदस्य राम नारायण चौधरी,माओवादी केन्द्रको शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सचिव भक्ति रिजाल,सर्लाहीका अध्यक्ष शंखर पहाडी(गौरब),सचिव रमेश अधिकारी(रितिक),नेकपा(माओवादी केन्द्र)की महिला नेतृ एवम जिल्ला  समन्वय सर्लाहीकी निवर्तमान उप सभापति जमुना पौडेल र महिला नेतृ पद्मा मोत्तान लगायत माओवादी केन्द्रका नेता एवम कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको माओवादी केन्द्र हरिवन नगर कमिटिका सचिव गौरी महतोले जानकारी दिए ।

सम्बन्धित समाचार