Close This

प्रहरीद्धारा ‘तपाईको मास्क खोइ’ अभियानलाई निरन्तरता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१८ गते   १९८ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका ६ को बयलबास बजारमा मास्क लगाएर हिँड्न भन्दै स्थानिय प्रहरी र उद्योग बाणिज्य संघले आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण अत्याधिक बढ्न थाले पछि ईलाका प्रहरी कार्यालय केशरगञ्ज,वयलबास र उद्योग वाणिज्य संघ इश्वरपुरले संयुक्त रुपमा मास्क वितरण गरेको ईलाका प्रहरी कार्यालय केशरगञ्ज,वयलबासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।
बढ्दो कोरोना संक्रमणबाट बचाउन प्रहरी र उवा संघको सहकार्यमा आज देखि ‘तपाईको मास्क खोइ’ अभियान सञ्चालन गरिएको प्रहरी निरिक्षक ढुंगानाले बताउनुभयो ।अभियान अन्तर्गत बजारमा विभिन्न ठाउँबाट आउनेहरुलाई मास्कको अनिवार्य प्रयोग बजारका सम्पूर्ण पसलमा अनिवार्य सेनिटाइजर राख्न र व्यापार गर्दा भौतिक दुरि कायम गर्न सचेत गराइएको उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज कुमार शाहले बताउनु भयो ।
सबै ठाउँमा पुगेर मास्क लगाउनुस् भन्न नभ्याउने भएकाले अहिलेको बढ्दो महामारीलाई ख्याल गर्दै आफ्नो जिउज्यानको सुरक्षाको निम्ती पनि मास्क लगाएर मात्रै हिँड्न र अनावश्यक भीडभाड नगर्न प्रहरीले नगरबा व्यापारी व्यावसायीहरुलाई आग्रह गरेको छ ।
‘तपाईंको मास्क खोई’ लेखिएको प्ले कार्ड बोकेर नगरका व्यापारी,व्यावसायीहरु,उद्योग बाणिज्य संघ इश्वरपुरका अध्यक्ष लगायत प्रतिनिधिहरुका साथै ईलाका प्रहरी कार्यालय केशरगञ्ज,वयलवासका  प्रहरी प्रमुख तथा प्रहरी कर्माचारीहरुले व्यापारी,व्यावसायी,सर्वसाधारण, पैदल यात्रु, सवारीका चालक लगायतलाई सम्झाइबुझाई गरेर मास्क लगाउन आग्रह गरिएको इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष रहमान अन्सारीले बताउनु भयो ।  व्यवसायीलाई मास्क लगाउने तथा व्यवसाय स्थलमा सुरक्षित राख्न प्रहरीले आग्रह गरेको छ ।
माक्स बिना आएका ग्राहकहरुलाई सामान दिनु भन्दा पहिले माक्स लगाउन आग्रह गर्ने नमाने सामान नदिन इलाका प्रहरी कार्यालयले व्यापारी,व्यावसायीहरुलाई आग्रह गरेको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय कर्मैयाले पनि मास्क वितरण गर्नुको साथै कोरोना संक्रमणबाट बच्ने उपाएका बारमा जनचेतनामुलक कार्य गरेको छ ।
सडकमा हिडेका पैदल यात्री,सवारीसाधनका चालकहरु,स्थानिय व्यापारी,व्यावसायीहरुका साथै स्थानियबासीलाई कोरोना संक्रमणबाट बच्नका लागि अनिर्वाय मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र नेपाल सरकारले तोकेको स्वासथय मापदण्डको पालना गर्न आग्रह गरिएको ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख सइ प्रविन भट्टराईले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech