Close This

सर्लाहीको हरिवनमा कांग्रेसकाे प्रदर्शन,अधिकृतले बदमासी गरेकाे आराेप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२ गते   २५३० पटक हेरिएको

निर्वाचन अधिकृतको विरुद्ध हरिवनका कांग्रेसहरु सडकमा

सर्लाहीको हरिवन नगरपालिका  ७ काे पुन: मतगणना माग राख्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्। हरिवन नगरपालिका ७ मा नेपाली कांग्रेसकाे तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वार अशाेक थापाले नेकपा(एमाले) का निरध्वज कार्कीलाई ७ मतले पराजित गरेकाे भए पनि निर्वाचन अधिकृतले एमालेका उम्मेदवार कार्कीलाई १ मतले विजयी भएको घाेषणा गरेपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विराेध प्रदर्शन गर्नुका साथै हरिवन नगरपालिका ११ स्थित कडरिया चाेकमा पूर्व-पश्चिम लाेकमार्गमा टायर वालेर चक्काजाम गरेका हुन ।
हरिवन नगरपालिका ७ काे वडाध्यक्षमा कांग्रेसका प्रत्यासी थापा नेकपा एमालेका प्रत्यासी  कार्कीसँग १ भाेटले पराजित देखिएपछि कांग्रेसीले पुन: मतगणनाकाे माग राखेका थिए । तर निर्वाचन अधिकृत रुद्र प्रसाद आचार्यले पुन: मतगणना गर्नुनपर्ने भन्ने सूचना प्रकाशित गरेपछि कांग्रेसका नेता एवम कार्यकर्ताहरुले मतगणनास्थल ईलाका प्रशासन कार्यालय हरिवनमा ढुंगमुढा प्रहार गर्नुकाे साथै पुर्व पश्चिम महेन्द्र लाेकमार्गमा टायर वालेर प्रदर्शन गरेका नेपाली कांग्रेसका एक नेताले बताए ।
 निर्वाचन अधिकृत आचार्यले सर्वदलीय बैठक डाकिएकाे र सर्वदलीय निर्णय अनुसार अगाडि जाने बताउनु भयाे । साेमबार बिहान ११ बजेदेखि हरिवनमा ६, ७ र ८ नम्बर वडाकाे मतगणना राेकिएकाे छ । विजयी घाेषणाा गरिएको मुचुल्कामा सर्वदलिय हस्ताक्षर नभएको भए पनि घाेषणाा गरिएकाे सर्वदलीय छलफलमा सहभागी एक नेताले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech