रसिद विनै विद्यार्थीहरुबाट शुल्क असुल्दै लालबन्दी ९ को जनज्योति मावि

188 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित बस्तीपुरमा रहेको जनज्योति मा.विले विद्यार्थीहरुबाट अवैद्य तरिकाले रकम असुली गरेको छ।लालबन्दी नगरपालिका ९ स्थित बस्तीपुरमा रहेको जनज्योति मा.विले कुनै रसिद विना करिब ६५ जना विद्यार्थीहरुसंगबाट प्रति विद्यार्थी रु पाँच सय असुलेको हो ।विभिन्न कारणवस नियमित हुने परिक्षामा सहभागी हुन नपाएका तथा विद्यालयमा नियमति उपस्थित हुन नसकेका विद्यार्थीहरुबाट परिक्षा सञ्चालन र कपिचेक जाँचको बाहनामा रसिद नै नदिई प्रति विद्यार्थी रु पाँच सयका दरले रकम असुलेका प्रमाण कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको हो ।
विभिन्न प्राविधिक कक्षाहरु समेत सञ्चालन गरेको विद्यालयले प्राविधिक तर्फ प्रयोगात्मक नगराउने गरेका तथा कक्षामा पाँच मिनेट ढिलो पुग्ने विद्यार्थीहरुबाट त पहिला देखि नै असुली चलाई रहेको गुनासो आएको नै थियो ।परिक्षाका साथै मासिक रुपमा लाग्ने शुल्क समेत एक मुष्टमा तिरि सकेका विद्यार्थीहरुका साथै अभिभावकहरुले विद्यालयले नियमित परिक्षामा छुटेका विद्यार्थीहरुबाट पनि रसिद विना रकम असुल्ने गर्दा समस्यमा परेको गुनासो गरेका छन् ।
नियमित परिक्षामा छुटेका करिब दुई सय जना विद्यार्थीहरु मध्य करिब ६५ जना विद्यार्थीहरु मात्रै छुटेको परिक्षामा सहभागी भएका र उनीहरुबाट प्रति विद्यिार्थी रु पाँच सयका दरले दण्डस्वरुप रकम लिएको साथै रसिद नकाटेको विद्यालय स्रोतले स्वीकार गरेको छ । विद्यालयका शिक्षक भरत राज दाहालले नियमित परिक्षामा छुटेका करिब दुई सय जना मध्य करिब ६५ जना विद्यार्थीहरु छुटेको परिक्षामा सहभागी भएका र उनीहरुबाट रसिद नकाटी प्रति विद्यिार्थी रु पाँच सय लिएको स्वीकार गरे ।
उनले विद्यालयको बगैँचाको व्यावस्थापन गर्न र कपि चेक गर्न दण्ड सजाय स्वरुप प्रति विद्यार्थीहरु पाँच सयका दरले रसिद नकाटी पैसा लिएको बताए ।उनले कक्षा कोठामा ढिलो आउने विद्यार्थीहरुसंग पनि रु पाँच देखि रु १० प्रतिदिन कक्षागत शिक्षक तथा विद्यार्थी कमाण्डरले लिने गरेको समेत बताए ।उनले विद्यार्थीहरुबाट यसरी लिएको रकम रसिद काट्दा समस्या हुने समेत बताए तर उनले सो रकम दुरुपयोग नहुने दाबी गरे ।शिक्षक दाहालले सो रकम दुरुपयोग नहुने दाबी गरेपनि रसिद नकाटी रकम असुल्नु नै विद्यालय प्रशासनको नियममाथि श.का गर्नु पर्ने जानकारहरु बताउँछन् ।
यता,कुन विद्यार्थीबाट कति रकम ? र कसरी लिईएको छ ? भन्ने विषयमा आफुलाई जानकारी नभएको विद्यालयका प्रधानाध्यापक विष्णु पोख्रेलले बताए ।उनले शिक्षक दाहालले रकम लिएका छन् भन्ने थाहा पाएको भएपनि कुन प्रयोजनबाट र कुन प्रयोजनका लागि सो रकम लिएको साथै कसरी लिईएको छ भन्ने विषयमा शिक्षक दाहालसंग आफुले बुझ्ने समेत बताए ।
यसबाट पनि विद्यालय प्रशासनको मिलेमतोमा वा शिक्षक दाहाल आफैँले आफुखुसी रकम लिए भन्ने शंका सृजना भएको छ भने रसिद नकाटी रकम असुल्नुले जनज्योति माविमाथि मात्रै नभई सबै सामुदायिक विद्यालयहरुमाथि शंका गर्नु पर्ने अवस्था सृजना भएको छ ।जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यामको नाममा समेत रकम असुली गरेका गुनासाहरु आएका छन् ।

सम्बन्धित समाचार