नेपाल प्रहरी कर्मचारीहरुले सेवाग्राहीहरुको लागी प्रवाह गरिनु पर्ने प्रहरी सेवा निःस्वार्थ एवम पारदर्शी तवरबाट प्रवाह गर्न नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरधाम धनुषाका प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले निर्देशन दिए। जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही र मातहतका प्रहरी कार्यालयहरुको निरिक्षणका लागि सर्लाही आएका प्रहरी बरिष्ठ उपरीक्षक गुरुङले अनुसन्धानका प्रकृयाहरु,विभागीय नीति निर्देशनहरूको कार्यान्वयनको अवस्था र क्याप निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटि रहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रहरी बरिष्ठ उपरीक्षक गुरुङले जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका साथै मातहत इलाका प्रहरी कार्यालय बरहथवा,हरिपुर,केशरगंज र हरिवनमा समेत अपराध अनुसन्धान कार्ययोजना लगायतको निरीक्षण गरेका छन् ।प्रहरी बरिष्ठ उपरीक्षक गुरुङको नेतृत्वको निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको अपराध अनुसन्धान तथा कारवाही शाखा,विभिन्न शाखा,हिरासत कक्ष, महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र,उजुरी छानविन शाखा,अनुचित लेनदेन (मिटर ब्याज) शाखा तथा नागरिक सहायता कक्ष समेतको निरीक्षण गरी सुधार गर्नु पर्ने पक्षहरु औँल्याई सुझाब दिएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
११ वटा नगरपालिका रनौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीमा मुद्धा चल्ने क वर्गका करिब एक दर्जन ईलाका प्रहरी कार्यालयहरु रहेका छन् भने अन्य प्रहरी कार्यालयहरु र जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा गरी करिब सात सय प्रहरी कर्मचारीहरु कार्यरत रहेका छन् ।