नेकपा(माओवादी केन्द्र)को भातृ विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सर्लाहीको विवाद सतहमा देखिएको छ।भदौ १२ गते आयोजना गरिएको अखिल(क्रान्तिकारी)सर्लाहीको १८ औं जिल्ला सम्मेलनमा सहमति जुट्न नसकेपछि निर्वाचन समिति गठन गरेर सो समितिले मंगलबार सविउल शेषको अध्यक्षतामा ३३ सदस्यीय अखिल(क्रान्तिकारी)जिल्ला कमिटि सर्लाही घोषणा गरेसँगै अर्काे समुहले हरिवन नगरपालिका १० स्थित रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुकेपोखरीका स्ववियु सभापति समेत रहेका प्रेम राज दाहालको नेतृत्वमा ३७ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ ।
दुवै पक्ष विचको सहमतिमा भएको निर्वाचन समितिले पटक पटक छलफल गरेर समस्या समाधानको प्रयास गरेको भए पनि समस्या समाधान पनि हुन नसकेको र २३ औं राष्ट्रिय सम्मेलन पनि सुरु हुनै लागेको अवस्थालाई मध्यनजर गर्दै शेषको अध्यक्षतामा ३३ सदस्यीय कमिटि चयन गरी अखिल(क्रान्तिकारी) केन्द्रीय समितिमा नामावली पठाएर अनुमोदन पछि सार्वजनि गरेको भएपनि अर्काे समुहले त्यसलाई अस्विकार गरि दाहालको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटि सार्वजनिक गरेपछि अखिल(क्रान्तिकारी) सर्लाहीको विवाद सतहमा देखिएको हो ।
भदौ १२ गते उद्घघाटन भएको अखिल(क्रान्तिकारी) सर्लाहीको १८ औं जिल्ला सम्मेलनको बन्द सत्रमा अध्यक्ष मण्डल र निर्वाचन मण्डल निर्माण गरि सहमतिको प्रयास भएको थियो र लामो समय सम्म पनि सहमती पनि नहुने र निर्वाचन पनि नहुने अवस्था सृजना भएपनि अर्काे कमिटि सल्लाह नै नगरी घोषणाा गरेपछि आफुहरुले अर्काे कमिटि घोषणा गरेको अखिल (क्रान्तिकारी)सर्लाही एक नेताले बताए।उनका अनुसार दाहालको अध्यक्षतामा गठन गरिएको कमिटिको उपा अध्यक्षमा अनिता कुमारी बुढाथोकी,प्रितम ढकाल र प्रतिक्षा कार्की,सचिवमा बिक्रम यादव,सह–सचिवमा प्रकृति बराल,सुसान्त जयसवाल र एम.डि.रुस्तम मिकरानीका साथै कोषाध्यक्षमा चन्द्र स्याङतान सहित ३७ सदस्यीय कमिटि रहेको छ ।
मंगलबार घोषणा भएको कमिटि र बुधबार घोषणा भएको कमिटिमा केही मानिसहरु दोहोरिएका छन्।दुवै कमिटिले आफुलाई आधिकारिक घोषणा गरेपनि माओवादी केन्द्र सर्लाहीका ईन्चार्ज एवम निर्वाचन समितिका अच्युत काफ्लेले घोषणा गरेको कमिटि नै आधिकारिक हुने माओवादी केन्द्रका नेताहरुले दाबी गेका छन्।माओवादी केन्द्रका स्थानीय केही नेताहरुका कारण भातृ तथा शुभेच्छुक संगठनहरुमा पटक पटक विवाद हुँदै आएको छ ।