393
Shares
सर्लाहीको हरिपुर्वामा अज्ञात समुहले एक जनाको हत्या गरेका छन्।हरिपुर्वा नगरपालिका ६ का अन्दाजी ४० वर्षीय रामपुकार राय यादवलाई अज्ञात समुहले गोली हानी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिपुर्वाको एक संस्थागत(नीजि)विद्यालयका शिक्षक यादवलाई कसले र किन गोली हानेर हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ भने यादवको लाश जानकी हेल्थ केयर पर्सा महोत्तरीमा राखिएको छ ।