सर्लाहीका विभिन्न स्थानमा सञ्चालित अवैध मदिरा भट्टी,मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नष्ट

464 Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित अवैध घरेलु मदिरा, कच्चा पदार्थ तथा भट्टी नष्ट गरेको छ।सर्लाहीको बिष्णु गाउँपालिका र गोडैता नगरपालिकाका विभिन्न स्थानहरुमा सञ्चालित अवैध घरेलु मदिरा,कच्चा पदार्थ तथा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिष्णु गाउँपालिका ३ का विभिन्न स्थानहरुमा अवैध रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी,भट्टीमा रहेको घरेलु मदिरा बनाउने कच्चा पदार्थ करिब सात हजार लिटरका साथै गोडैता नगरपालिकाको २,६,९ र ११ नम्बर वडामा सञ्चालित अवैध रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी,भट्टीमा रहेको घरेलु मदिरा बनाउने कच्चा पदार्थ करिब तीन हजार लिटरका साथै तीन थान मेशिन,पाँच थान ड्रम र भाडाहरु नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।बिष्णु गाउँपालिका र गोडैता नगरपालिकाका विभिन्न स्थानहरुमा सञ्चालित अवैध घरेलु मदिरा,कच्चा पदार्थ तथा भट्टी नष्ट गर्दा करिब एक लाख ७० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
छिमेकी देश भारतको विहार राज्यमा मदिरा निशेष रहेको र भारतिय नागरिकहरु नेपालका सीमा क्षेत्रमा सञ्चालित मदिरा भट्टीहरुमा आएर मदिरा खाने र त्यसैका कारण विभिन्न किसिमका अपराधिक गतिविधिहरु हुने गरेका पाइएको भन्दै अवैध रुपमा सञ्चालित मदिरा भट्टीहरुको नियमन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र वहादुर सिंहले बताए ।

सम्बन्धित समाचार