क्रियासिल पत्रकारहरुलाई पुरस्कार प्रदानका लागि समिति गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-४ गते   ४१५ पटक हेरिएको

स्वर्गीय उमादेवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार र  चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारका लागि समिति गठन भएकोे छ । बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषको नाउँमा हरेक बर्ष बितरण हुँदै आएको सो पुरस्कारका लागि समिति गठन भएको सम्पाक गोकुल घोरासईनेले जानकारी दिनु भयो ।
 कोषको वीरगन्जमा रहेको कृपा दैनिकको सम्पर्क कार्यालयमा बसेको बैठकले कृपा दैनिकका सम्पादक घोरसाइने ,पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी र कृपा दैनिक पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनाल रहने गरी तीन सदस्यीय समिति गठन गरिएकोे छ  । कृपा दैनिकले हरेक बर्ष फागुन ४ गते आफ्नो बार्षिकोत्सवको अवसरमा यी दुई पुरस्कार बितरण गर्दै आइरहेको भएपनि यसवर्ष कोरोना कहरका कारण आगामी बैशाख १ गते बिशेष कार्यक्रमको आयोजना गरी दुईजना कृयाशिल पत्रकारलाई पुरस्कृत गरिने कोषले जनाएको छ । कोष कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमादेवी उपाध्यायको नाउँमा २०७२ सालमा स्थापना गरिएको हो । उमादेवी कृयाशिल पत्रकारिता पुरस्कार बिगत ५ बर्षदेखि बितरण गर्दैै आइरहेको छ भने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बिगत १ दशक देखि यस क्षेत्रका कृयाशिल संचारकर्मीलाई प्रदान गरिएको छ । 
पुरस्कार छनौट समितिले चैत २० गतेसम्म मधेश प्रदेशका दुईजना कृयाशिल पत्रकारलाई गरेको सिफारिसका आधारमा मधेश प्रदेशमै सर्वाधिक राशी रहेको पुरस्कार बैशाख १ गते प्रदान गरिने कोषका संचालक एवम् कृपा दैनिक पत्रिकाका प्रवन्ध निर्देशक कमल कुमार उपाध्यायले बताउनुभयो ।  उमादेवी कृयाशिल पत्रकारिता पुरस्कार रु ५० र चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार रु १० हजार रहेको छ ।  
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech