सर्लाहीको बरहथवा नगरपालिका– १२ हिरापुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ । वुधवार हिरापुर पुरैनियाबाट उत्तरतर्फ गइरहेका साइकल यात्रीलाई बिपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा स्थानिय बरहथवा नगरपालिका १८ का ६५ बर्षिय कृष्ण बहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय बरथवाले जनाएको छ ।
बा ५१ प ३५३८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारको लागि बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटर साइकल चालक ब्रम्हपुरी गाउँपालिका २ का २७ बर्षिय संजय गुप्ता, मोटर साइकल सवार रामनगर गाउँपालिका ७ का २० बर्षिय दिपेश गुप्ता र गोडैता नगरपालिका ५ की १० बर्षीया अञ्जली गुप्ता घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचार भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।