Close This

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई करिब २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-८ गते   ५५१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब २लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएकोे छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) का संक्रमितहरुलाई उपचार गर्ने अक्सीजन सहितको अस्थायी कोभिड अस्पताल समेत सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्रीहरु मास्क,स्यानिटाईजर,ग्लोब्स,फेस सिल्ड,थर्माेगन,केएन९५ मास्क,क्लोरिन पाउडर,गाउन र पिपिई सेट लगायतका गरी २ लाख ११ हजार ७ सय बराबरको सामान्य स्वास्थ्य सामाग्रीहरु गरी सहयोग प्राप्त भएको हो ।
लालबन्दी नगरपालिका ९ घरभई वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनु भएका दिनेश पौडेल(खत्री) ले मास्क ४ हजार,स्यानिटाईजर १ सय लिटर,ग्लोब्स ३ हजार पिस,फेस सिल्ड एक सय थान,थर्माेगन १० र पल्सअक्सी मिटर १०,केएन ९५ मास्क २ सय पिस,,क्लोरिन पाउडर १० किलो,गाउन ३० थान र पिपिई सेट ३० थान सहयोग प्राप्त भएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.प्रगती राणले जानकारी दिनु भयो । ।
दिनेशले आफ्ना बुबा कमल बहादुर पौडेल(खत्री),आमा चन्द्र माया पौडेल(खत्री) काका जगत बहादुर पौडेल(खत्री( र काकी खड्का माया पौडेल(खत्री) मार्फत वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका दिनेशले पठाएको स्वासथ्य सामाग्री प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्नु भएको प्राथमिक स्वास्थ्य केन्द्रका व्यावस्थापक राज कुमार सिंहले जानकारी दिनु भयो ।
मास्क ४ हजार,स्यानिटाईजर १ सय लिटर,ग्लोब्स ३ हजार पिस,फेस सिल्ड एक सय थान,थर्माेगन १० र पल्सअक्सी मिटर १०,केएन ९५ मास्क २ सय पिस,,क्लोरिन पाउडर १० किलो,गाउन ३० थान र पिपिई सेट ३० थान सहयोग प्राप्त भएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका अध्यक्ष तथा लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष गोपाल घिमिरे,प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीकी प्रमुख डा.राणा,लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने र नगर स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र कुमार खतिवडा मार्फत प्राथमिक केन्द्र लालबन्दीलाई हस्तान्तरण गरिएको हो । 
कोरोना महामारीको समयमा मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्दै दिनेशले आफ्नो गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलार्ई शनिबार बिहान(आज) स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको  प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका व्यावस्थापन समितिका अध्यक्ष घिमिरेले बताउनु भयो  । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.राणाले सहयोगी मनका धनी दिनेश र उहाँको परिवारलाई धन्यवाद दिनु भयो । 
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष घिमिरे,प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका  प्रमुख डा.राणा, लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सह संयोजक खतिवडा,वडा नम्बर ७ का वडा अध्यक्ष न्यौपाने, प्राथमिक स्वास्थ्य केन्द्रका व्यावस्थापक सिंह र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सहभागी मनाोज कुमार बख्रेलले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech